दोषी ठहर भएका दुई सय ३४ अभियुक्त फरार
मङ्गलबार, २९ मङ्सिर २०७२, १३ : ५०
पाल्पा–छब्बीस वर्षदेखि हालसम्म विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई न्यायिक निकायबाट दोषी ठहर भएका २३४ अपराधी लामो समयदेखि फरार छन् ।
कर्तव्य ज्यान, लागुऔषध, चोरी जस्ता विभिन्न अपराधमा संलग्नले तीन हजार वर्ष आठ महिना १० दिन कैद भुक्तानी गर्न र उनीहरुबाट रु ३६ लाख ३३ हजार ८८२ जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला अदालतका सूचना अधिकारी उत्तम सिलवालले बताए ।
फरार अभियुक्तमध्ये तानसेन नगरपालिकाभित्रका सबैभन्दा बढी छन् । अदालतको तथ्याङ्क अनुसार तानसेनका ३१, रामपुरका १६, पिपलडाँडाका ११, मस्यामका नौ, हुमिनका पाँच र खालिवन गाविसका ११ अपराधी फरार छन् ।
अदालतको फैसला कार्यान्वयनका लागि अदालतकै प्रहरी नहुनु, राजनीतिक दलले समेत सहयोग नगर्नु, स्थानीय प्रहरी प्रशासनसँग समन्वय हुन नसक्नु जस्ता कारणले गर्दा अपराधी पक्राउ गर्न कठिन भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण