चन्दलाई नेतृत्व हस्तान्तरण गर्न राणाले बैठक बोलाए
मङ्गलबार, २९ मङ्सिर २०७२, १४ : ३२
काठमाडौं– राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्दलाई नेतृत्व हस्तान्तरण गर्ने भन्दै केन्द्रीय समितिको बैठक आह्वान गरेका छन् । उनले दुई पक्षबीच गत मंसिर ४ गते भएको सहमतिअनुसार राणाले पुस ११ गतेको लागि बैठक आह्वान गरेका हुन् । यसअघि झण्डै १७ महिनायता राणा र चन्दबीच नेतृत्वको विषयमा विवाद रहँदै आएको थियो भने चन्दले अध्यक्षको दाबी गर्दै समानान्तर पार्टी चलाउँदै आएका थिए । सहमति अनुसार राणाले नेतृत्व हस्तान्तरण गरेसँगै चन्दले एक वर्ष पार्टी चलाउँछन् भने त्यसपछि फेरि राणाले एक वर्ष पार्टी चलाएर अर्का नेता प्रकाशचन्द्र लोहनीले नेतृत्व पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण