मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मृगौला पीडित बालकलाई धादिङ यूएई समाजको सहयोग

मङ्गलबार, २९ मङ्सिर २०७२, १५ : १०
मङ्गलबार, २९ मङ्सिर २०७२

काठमाडौ– धादिङ्गको ज्यामरुङ्ग ४ का मृगौला रोगी १० वर्षीय बालक गौतम लामिछानेको उपचारको लागि धादिङ्ग यूएई समाजले आर्थिक सहयोग गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच समाजका सस्थापक लेक योञ्जन तामाङ्गले १ लाख ११ हजार २ सय रुपैया हस्तान्तरण गरे । बालकको हाल त्रिवि शिक्षण अस्पतालमा डाईलाईसिस सहितको उपचार भईरहेको छ । कार्यक्रममा तामाङ्गले बालक र उनका पीता झम्क बहादुर लामिछानेलाई सो रकम हस्तान्तरण गरेका हुन । रकम हस्तान्तरण गर्दै तामाङ्गले मातृभूमि बाहिर रहेर पनि मातृभूमिको सेवा गर्ने अवसर पाएकोमा हर्ष ब्यक्त गर्दै समाजले आगामि दिनमा यस्ता सहयोगहरुलाई निरन्तरता दिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप