शिक्षा जीवन, मानव जाती र राष्ट्र हितका लागि हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले आर्जन गरेको ज्ञान र सिपलाई व्यावहारमा उतारी देश र जनताप्रति समर्पित बन्नुपर्नेमा जोड दिएका छन् । काठमाडौं विश्वविद्यालयको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कूलपति समेत रहेका ओलीले भने, ‘आज दीक्षित हुनुहुने सबैले आफुले आर्जन गरेको ज्ञान र सीपलाई मन, वचन र कर्म भावले व्यवहारमा उतार्दै देश र जनताप्रति समर्पित बन्नु हुनेछ भन्ने विश्वासका साथ सबैको उज्वल भविष्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ उनले विश्वविद्यालयले उच्चकोटीको जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिँदै आधुनिक विज्ञान र प्रविधिको क्षेत्रमा उच्च शिक्षाको गुणस्तरीयताप्रति सवैको विश्वास जित्दै जाने विश्वास पनि व्यक्त गरे । उनले शिक्षा जीवन, मानव जाती र राष्ट्र हितका लागि हुनुपर्नेमा जोड दिँदै भने, ‘शिक्षा जीवनकालागि हुनुपर्छ । मानव जाति र राष्ट्र–हितकालागि हुनुपर्दछ । यस कुरालाई आज दीक्षित हुनुभएका तपाईहरुले पनि गम्भीरतापूर्वक मनन गर्नु हुनेछ भन्ने मेरो अपेक्षा छ ।’
सो अवसरमा प्रधानमन्त्री ओलीले विश्वविद्यालयसँग नेपाल सरकारका विभिन्न निकायहरुले गर्दै आएको सहकार्यलाई पनि स्मरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण