सेती अञ्चल अस्पतालमा आइसीयू सेवा सञ्चालन
धनगढी–सेती अञ्चल अस्पताल धनगढीमा पहिलोपटक चार शैया क्षमताको सघन उपचार कक्ष (आइसीयू) सेवा सञ्चालन भएको छ । आइसीयू नहुँदा यसक्षेत्रका सर्वसाधरणहरुले अकालमै ज्यान गुमाउनुपर्ने तथा ठूलो धनराशी खर्च गरेर अन्यन्त्र उपचार गराउनुपर्ने अवस्था रहेको थियो । सेती अञ्चल अस्पतालमा आइसीयू सञ्चालनमा आएपछि अब सर्बसाधरणहरुलाई सो समस्याको अन्त्य भई सर्वसुलभरुपमा उपचार पाउने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर गणेशबहादुर सिंहले बताए ।
‘सुदूरपश्चिमभरिका कुनैपनि स्वास्थ्य संस्थामा हालसम्म आइसीयू सेवा रहेको छैन् । सेती अञ्चल अस्पतालमा सञ्चालन आएको आइसीयू सेवा नै सुदूरपश्चिमै पहिलो हो,’ डा. सिंहले भने, ‘अस्पतालमा आइसीयू सेवा सञ्चालनमा आएपछि सर्वसाधरणहरुले उपचार अभावमा ज्यान गुमाउनुपर्ने तथा ठूलो धनराशी खर्चेर अन्यन्त्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।’ वर्षौदेखि आइसीयूको माग गर्दै आएका यसक्षेत्रका बासिन्दाहरु औपचारिकरुपमा आइसीयू सेवा सञ्चालनमा आएपछि खुशी भएका छन् । सेती अञ्चल अस्पतालमा आइसीयू सेवा स्थापनाका लागि यसक्षेत्रका विभिन्न संघसंस्था, महानुभाव तथा विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर सहयोग समेत गरेका थिए । ‘सबैको सहयोग र ऊर्जाले वर्षौपछि आइसीयू सेवा सञ्चालनमा ल्याउन सफल भएका हौं,’ डा. सिंहले भने, ‘आइसीयू स्थापनार्थ आर्थिक सहयोग गरी हौस्याउने संघसंस्था तथा महानुभावहरुप्रति सेती अञ्चल अस्पताल सधै ऋणी रहनेछ ।’ गतसाल आइसीयू स्थापनाका लागि कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा प्रतिटिकट बिक्रीबाट दुई रुपैयाँ छुट्याई आठ लाख ३२ हजार ४०४ रुपैयाँ, कैलाली क्षेत्र नंम्बर १ का सांसद पुष्करनाथ ओझाले निर्वाचन क्षेत्र विकास कोषबाट १० लाख तथा विभिन्न विद्यालयका विद्यार्थीहरुले आफ्नो खाजा खर्च कटाएर आर्थिक सहयोग गरेको डा. सिंहले जानकारी दिए । डा. सिंहका अनुसार अञ्चल अस्पताल भित्रै कूल एक करोड २० लाख २९ हजार २५५ रुपैयाँको लागतमा आइसीयू वार्ड निर्माण गरिएको हो । त्यसमध्ये नेपाल सरकारको एक करोड १० लाख रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
बागमती कप टी–२० को उपाधि चितवनलाई, काठमाडौँ सुपरओभरमा पराजित
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण