अर्थमन्त्रीसँग भेटेर पत्रकारले राखे समस्या
काठमाडौँ - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूकम्प, लामो समयदेखि तराईमा जारी बन्द एवम् भारतको अघोषित नाकाबन्दीका कारण देशको अर्थतन्त्रमा गम्भिर असर परेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको प्रतिनिधिमण्डलसँग आज आफ्नै कार्यकक्षमा भेट गर्दै उनले विद्यमान समस्याको समाधानका लागि राजनीतिक एवम् कुटनीतिकरुपमा पहल जारी राखिएकाले छिट्टै समाधान हुने विश्वास व्यक्त गरे ।
अर्थमन्त्री पौडेलले भने, “भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि आवश्यक संरचना तयार गर्न सकिएको छैन, बन्द र नाकाबन्दीका कारण अर्थतन्त्र ठप्प भएको छ, त्यसको दीर्घकालिन असर पर्ने अवस्था छ ।”
नयाँ संविधान जारीसँगै राजनीतिक विवादका विषय हल हुँदै गएको बताउँदै उहाँले अबको बाटो समृद्धिको भएकाले त्यसका लागि सबै शक्तिको प्रयोग गर्नुपर्ने अवस्था आइपरेको बताए ।
पत्रकार महासङ्घ काठमाडौँ जिल्ला अध्यक्ष गोविन्द चौलागाइँको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सरकारले पत्रपत्रिकालाई उपलब्ध गराउँदै आएको लोक कल्याणकारी विज्ञापनका लागि अपुग रहेको रु पाँच करोड ११ लाख १२९ रकम उपलब्ध गराइदिन अनुरोध गरेको थियो । महासङ्घका सचिव रामकृष्ण अधिकारीका अनुसार इन्धन सङ्कटका कारण रेडियोप्रसारणमा अप्ठ्यारो परेकाले समस्या समाधानका लागि सहयोग गर्न अर्थमन्त्री समक्ष आग्रह गरिएको थियो ।
भोलिदेखि नै रेडियो प्रसारण गर्ने संस्थाले समय कटौती गर्नुपर्ने अवस्था आएकाले आपूmहरुले तत्काल समस्यामा ध्यान दिनुपर्नेमा जोड दिँदै उनले नाकाबन्दीका कारण पत्रपत्रिकाले पृष्ठ घटाउनुपर्ने अवस्था भएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण