मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सुबिसुले ल्यायो १५ औं वार्षिक उत्सव अफर

मङ्गलबार, २९ मङ्सिर २०७२, १६ : ४१
मङ्गलबार, २९ मङ्सिर २०७२
काठमाडौं–नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट(प्रा.) लि ले आफ्नो  १५ औ वार्षिक उत्सवको अवसरमा ‘सुबिसु १४ औं वार्षिकोत्सव अफर’ ग्राहकहरु समक्ष प्रस्तुत गरेको छ । सो योजना अन्तर्गत कम्पनीले रिटेल ग्राहकका लागि इन्टरनेट र क्लियर सेवामा आकर्षक ५ प्याकेज प्रस्तुत गरेको छ । प्याकेजहरु बेग्ला बेग्लै सेवा तथा दुबै सेवा समावेश गरि तयार पारिएका कम्पनीले जनाएको छ । र ग्राहकहरुले सो अनुसारका प्याकेज रु.४९९९ देखि रु.१२९९९ सम्म प्राप्त गर्न सक्नेछन् । प्याकेजहरु क्रमश ४९९९ क्लियर टिभी अफर, ९९९९ इन्टरनेट अफर, ९९९९ क्लियर टिभी र इन्टरनेट क्याम्बो अफर , ९९९९ एफटीटीएच इन्टरनेट अफर र १२९९९ एफटिटिएच इन्टरनेट र क्लियर टिभी क्याम्बो अफर रहेका छन् । प्याकेजहरु बिभिन्न ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको र जुन ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार खरिद गर्न सक्नेछन् । यो योजना सिमित अवधिका लागि लागू गरिएको छ भने योजनामा सर्तहरु लागू हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप