छोरोको मृत्युको बदला लिन खाली हात कोब्रासँग भिडे पिता
मङ्गलबार, २९ मङ्सिर २०७२, १६ : ४१
(एजेन्सी) दक्षिण भारतका एक व्यक्तिले सर्पसँग खाली हात भिडेको एउटा भिडियो युट्युवमा भाइरल बनेको छ । उक्त भिडियोमा धोती लागाएका व्यक्तिले रुखमा रहेको विषालु किङ कोब्रालाई खाली हात पुच्छरमा समातेर तानेर भुइँमा बारम्बार पछारेको देख्न सकिन्छ । ती व्यक्तिले सात पटक उक्त सर्पलाई भुइँमा पछारेर छाड्छन् । भुइँमा सर्प हलचल नगरी बसेको देख्न सकिन्छ । धेरैले उक्त सर्प मरेको दाबी गरेका छन् । द सन पत्रिकाका अनुसार उक्त सर्पले ती व्यक्तिको छोरालाई टोकेर मारेको हुन्छ । त्यसैको बदला लिन उनले सर्पलाई खाली हात भिड्न पुगेका हुन् । उक्त भिडियो युट्युवमा राखेपछि त्यसलाई हेर्नेको संख्या ७ लाखभन्दा बढी नाघिसकेको छ । केहीले भने यसलाई जनवारमाथिको ज्यादती भन्दै विरोध समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण