एनसेल एप क्याम्प २०१५ः २४ प्रतिस्पर्धि समूुहका लागि मेन्टरिङ सम्पन्न
काठमाडौं–नेपालको अग्रणी मोवाइल सेवा प्रदायक एनसेलले एनसेल एप क्याम्प २०१५ का लागि अन्तिम चरणको प्रतिस्पर्धाका लागि छनोट भएका २४ समुहका लागि मेन्टरिङ्ग सत्रको आयोजना गरेको छ । मंगलबार आयोजना गरिएको उक्त सत्रमा प्रतिस्पर्धि समुहहरुलाई खेल तथा मनोरञ्जन, पर्यटन, युटिलिटी र स्वास्थ्य विधाका विज्ञहरुबाट बिजनेश मोडेल बनाउन, यूजर इन्टरफेस सुधार गर्न र आफ्नो एपको प्रस्तुति गर्ने विषयमा प्रशिक्षण दिएका थिए । विज्ञहरुले प्रतियोगिको बीच पुगेर उनीहरुको जिज्ञाशा मेटाउनुका साथै प्रतिस्पर्धामा आफुलाई बलियो प्रतियोगिका रुपमा अघि सार्न आइडियाको प्रस्तुति कसरी गर्ने के के कुरामा ध्यान दिने भन्ने विषयमा जानकारी गराएका थिए । एनसेल एप क्याम्प २०१५ को खेल तथा मनोरंञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी विधाबाट ६÷६ वटा गरि दोस्रो चरणको प्रतिस्पर्धाको लागि २४ वटा समुह छनोटमा परेका थिए । विज्ञहरुले प्रतियोगिलाई बनाएका एपहरु आइडिया सबै नविनतम् पाएको बताउदै एपको दिगो व्यवसयीकताको लागि प्रयोगकर्ताको दृष्टिकोणबाट हेर्न सुझाब दिएका थिए । “एपको डिजाइन एव प्रविधिक पक्षमा मात्र राम्रो भए दिगो ब्यवसाय गर्न कठिन हुन्छ । बिजनेश मोडल, कानुनी जटिलता र प्रावधानका विषयमा पनि त्यतिकै ध्यान दिन जरुरी छ ।” नविल बैंकका ई–बंैकिङ्ग प्रमुख निरज शर्माले भने । यस्तै अर्का विज्ञ शैलेन्द्रराज गिरीले प्रतिस्पर्धामा रहेका सबै एपहरुको संभावना उतिकै रहेको बताउदै धेरै प्रतियोगिहरु प्राविधिक पृष्ठभूमिबाट आएकाले विजनेश पक्षलाई बढी ध्यान दिनु पर्ने जोड दिए । एनसेलले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सन् २०१४ देखि एनसेल एप क्याम्पको आयोजना गर्दै आएको छ । यो वर्या एनसेल एप क्याम्पको पार्टनरको रुपमा नबिल बैंक, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, इ–सेवा र मेटलाइफ रहेका छन् । प्रतियोगि समुहका प्रतिनिधिहरुले मेन्टरिङ्ग सत्रमा एपलाई दिगो व्यवसायको रुपमा कसरी अगाढी बढाउन सकिन्छ, विज्ञापनको प्रयोग कसरी गर्ने, विज्ञापनका संभावित क्षेत्रहरु पहिचान, प्रयोगकर्तालाइ कसरी इनगेज गर्ने लगायतका विषयमा विज्ञबाट थप सिक्ने अवसर पाएको बताए । अन्तिम प्रतिस्पर्धाको लागि छनोटमा परेका सवै समुहहरुले पुस ६ गते सोमवार स्वतन्त्र निर्णायक मण्डलका अगाडि आफ्नो एपको आईडियाको प्रस्तुति गर्नेछन् । खेल तथा मनोरञ्जन विधा अन्र्तगत एन्सिएन्टस् अफ मण्डला, आर्कयुब गेम्स्, फ्लिप्पड, लिस्न, अननेम्ड (भि आर) र अप छनोटमा परेका छन् । स्वास्थ्य विधाबाट हाम्रो हस्पिटल, मेरो हेल्थ, मम्मा केयर, नारी, स्किन कन्सल्ट, र टेलि मेडिक अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । फुड नेपाल, नेपाली कोडर्स आर्टस् एण्ड क्राफ्ट, पिनपिक्स्, थिङ्गस्ले, ट्रेल इट र ट्राभल अक्सनियर पर्यटन विधा अन्र्तगत छनोटमा परेका छन् भने युटिलिटी विधामा घुमघाम, बुलेटिन बोर्ड, ड्रप मि हेयर–माइ क्याब, निडर, एन टाइल्स, र पाङ्गराज् छानिएका छन् । फाइनल प्रस्तुतिपछि पुष ७ गते प्रत्येक विधागत विजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सर्वोत्वकृष्ट विजेताले थप ५ लाख रुपैयाँको थप नगद पुरस्कार सहित २०१६ मा हुने अन्तर्रा्ष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण