मोदी कायर र पागल हुन् : केजरीवाल
नयाँ दिल्ली - नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको प्रशासन मुख्यालयमा फेडेरर इन्भेस्टिगेटरले मङ्गलबार छापा मारेको बताएका छन् । मुख्यमन्त्री केजरीवालले आफ्नो कार्यालय तथा दिल्लीको प्रशासनमाथि छापा मारिनुलाई प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक प्रतिशोध लिनका लागी गरिएको काम भनी टिप्पणी गरेका हुन् । केजरीवालले यसलाई भारतीय प्रधानमन्त्रीको ‘मनोरोगग्रस्त’ राजनीतिक प्रतिशोधको उपजका रुपमा आएको प्रतिक्रिया भएको जिकिर गरेका छन् । छापाबारे बिस्तृतमा ब्याख्या नगरिकनै सिविआईले उसका अनुसन्धान अधिकारीले दिल्ली सचिवालय अन्तर्गत केही कार्यालयहरू अनुसन्धानका लागी नियन्त्रणमा लिइएको बताएको छ । हामीले मुख्यमन्त्रीको कार्यालयका एक कर्मचारीमाथि अनुसन्धान अघि बढाएका छौं, सिविआई प्रवक्ता आर. के. गौरले भने । अनुसन्धान समुहले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको नभै छानविनका लागि केही क्षेत्रमा प्रवेशमा कडाइ गरेको जानकारी गराएको छ । तर केजरीवालले केन्द्र सरकारप्रति उत्तरदायी सिविआईको दाबी झुटो भएको बताएका छन् । उनले आफ्नै कार्यालयमा केन्द्र सरकारको मातहतमा रहेको सिबिआइले गरेको खानतलासी अर्थपूर्ण रहेको जनाए । “सेन्ट्रल ब्युरो अफ इन्भेष्टिगेसन (सिबिआई) ले मेरो आफ्नै अफिसमा छापा मारेको छ,” भारतीय भ्रष्ट्राचारविरोधी आम आदमी पार्टी (आप) का नेता केजरीवाले ट्वीट गरेका छन् । प्रधानमन्त्री मोदीले भनुन् उनले कुन फाइल चाहेका हुन् रु यदि सिविआईसँग राजेन्द्रले विरुद्धको गरेको अनियमितता सम्वन्धी कुनै सबुद प्रमाण छ भने किन सिविआइले त्यो मलाई जानकारी गराउदैन ?– मुख्यमन्त्री केजरीवालले भने। “मोदीले आप पार्टीसँग राजनैतिकरुपमा प्रतिवाद गर्न नसकेपछि यो कायरता देखाएका छन् । मोदी कायर र पागल हुन्” नेता केजरीवालले भनेका छन् ।
Modi is a coward and a psycopath
— Arvind Kejriwal (@ArvindKejriwal) December 15, 2015
तर सिविआईले भने यसबारे तत्कालै कुनै प्रतिक्रिया जनाइसकेको छैन । भारतीय टेलिभिजनले भने सिविआई स्रोतलाई उद्धृत गर्दै छापा केजरीवालका प्रमुख सचिव राजेद्रकुमार विरुद्ध भएको भनेका छन् ।
केजरीवाल र भारतीय प्रधानमन्त्रीलाई कटू प्रतिद्वन्द्वीका रुपमा चिनिदै आइएको छ । उनीहरूबीच गत बर्ष भएको आम चुनाबमा वाराणासीको निर्बाचन क्षेत्रमा प्रतिस्पर्धा भएको थियो ।
केजरीवाललाई प्रधानमन्त्री मोदीले भारी मत अन्तरले पराजित गरेका थिए । पछि राज्यसभा निर्वाचनमा भने मोदीको भारतीय जनता पार्टीलाई आपले अकल्पनीय बहुमतद्वारा पराजित गरेको थियो । राससरएएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण