एप्पल ब्राण्डको नेपालकै सबैभन्दा ठूलो शोरुम खुल्दै
काठमाडौं–ललितपुरको लगनखेलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्समा अब एप्पलका उत्पादनहरुको शोरुम संचालनमा आउने भएको छ । मोबाइल खरिदकर्ताको मूख्य आकर्षणको केन्द्रमा रहेको कम्प्लेक्समा एप्पलले पहिलो पटक आफ्नो शोरुम संचालनमा ल्याउन लागेको हो । ललितपुर मलमा रहेको कम्प्लेक्समा जी म्यू ढुकु नाममा करिब १५ सय स्क्वायर फीटमा फैलिएको एप्पलको शोरुम अंग्रेजी नयाँ वर्ष २०१६ को जनवरीदेखि संचालनमा आउन लागेको हो । करिब ५० लाख रुपैंया लगानी गरी एप्पलको सबै सामाग्री पाईने शोरुम संचालनमा आउन लागेको हो । नेपालकै सबैभन्दा ठूलो उक्त शोरुममा एप्पलका सबै प्रकारका उत्पादनहरु बिक्री गरिने कम्पनीका अध्यक्ष अरुण मानन्धरले जानकारी दिए । उनले भने, एप्पलको यो शोरुमबाट बिक्री गर्ने सबै उत्पादनहरुमा १ वर्षको वारेन्टी दिईनेछ । यो शोरुम नेपालकै सबैभन्दा ठूलो र अन्तराष्ट्रियस्तरको एप्पल शोरुम हुने कम्पनीले जनाएको छ । यहाँ एप्पलका आधिकारीक र ब्राण्डेड सामाग्री मात्र बिक्री गरिनेछ । शोरुममा आईप्याड, म्याकबुक, आईपड, आईफोन, एप्पलका सबै ग्याजेटस् र एसेसरिज बिक्री गरिनेछ । यहाँबाट उपभोक्ताहरुले एप्पलका सामाग्रीहरुका लागि गुणस्तरीय सर्भिस पनि प्राप्त गर्नेछन् । त्यसैगरी यहाँ एप्पलका उत्पादनहरु खरिद गर्नका लागि एक्सचेन्जको पनि व्यवस्थान गरिएको छ । एप्पलको अन्तराष्ट्रियस्तरको शोरुम ललितपुर मोबाइल कम्प्लेक्समा संचालन हुनुले कम्प्लेक्सको सेवा बिस्तार गर्न सहयोग पुग्ने उल्लेख गरेको छ । अब कम्प्लेक्समा अन्य ब्राण्डेड मोबाइलका साथै एप्पलको उत्पादनहरु पनि बिक्री हुनु सुखद हो । त्यसैगरी दरवारमार्गमा रहेको ब्ल्याक एप्पल लोगो सहित आफ्नो शोरुम संचालन गरिरहेको कम्पनीले पनि कम्प्लेक्समा आफ्नो शाखा बिस्तार गर्न लागेको छ । कम्पनीले आगामी जनवरीदेखि नयाँ शाखाबाट सेवा संचालन गर्न लागेको हो । यसैगरी कम्प्लेक्समा नै नेपालकै सबैभन्दा ठूलो मल्टिब्राण्ड शोरुम यसअघि नै संचालनमा आईसकेको छ । कम्प्लेक्समा ४० भन्दा बढि अन्य मोबाइल पसल संचालनमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण