चीनले पठायो १३ सय वटा इण्डक्सन चुलो
काठमाडौं– चीनले नेपाललाई १३ सय वटा ईण्डक्सन चुलो अनुदान दिएको छ । नेपालमा भारतीय नाकाबन्दी पछि ग्यासको अभाव हुँदा खाना पकाउन समस्या भएपछि चिनले अनुदान स्वरुप ईण्डक्सन चुलो अनुदान दिएको हो । ६ लाख ५० हजार रुपैयाँ बराबरको चुल्हो मंगलबार रसुवागढी नाका हुँदै नेपाल भित्रीएको हो । नेपाल भित्रिएको इन्डक्सन चुह्लो नेशनल ट्रेडिङमार्फत विक्री हुने वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । चुलो लगायतका सामाग्री लिनका लागि शुक्रबार वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट नेसनल ट्रेडिङ्गका कार्यकारी निर्देशक सत्यनारायण मेहेता नेतृत्वको टोली केरुङ्ग गएको थियो । रसुवा भन्सारमा भन्सार पासभई सो टोलीले चुलो बुझेर ल्याईसकेको छ । चुलोसंगै चिनले भुकम्पपिडीतका लागि ४ लाख ४९ हजार रुपैयाँ बराबरको चामल, तेल र नुन पनि पठाएको छ । ३० टन चामल, १० टन पकाउने तेल र १० टन नुन चिनले अनुदानमा दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार खाद्यान्न, तेल र नुन नेपाल सरकारले खाद्य संस्थानमार्फत विक्री गरीने छ । मन्त्रालयका अनुसार चीनले यस अघि नेपाललाई १० लाख चिनियाँ युआनको खाद्यान्न तथा अन्य सामग्री सहयोग गर्ने घोषणा गरेकोले सोही अनुसार चामल, तेल, नुन र चुल्हो नेपाल भित्रिएको हो । अनुदानमा दिएको सबै सामान भन्सार जाँचपास गरी नेपाल भित्रीएको रसुवागढी भन्सार प्रमुख केदार पनेरुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण