मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

म पनि कास्टिङ काउचको शिकार : रणवीर

मङ्गलबार, २९ मङ्सिर २०७२, १८ : ०८
मङ्गलबार, २९ मङ्सिर २०७२

मुम्बाई — बलिउड अभिनेता रणवीर सिंहले आफू कास्टिङ काउचको शिकार भएको खुलासा गरेका छन् । एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा उनले करियरको शुरुवातामा यस्तो घटना घटेको बताएका हुन् । रणवीरले भने, ‘एक व्यक्तिले मलाई करिब राती ८ बजे मुम्बाईको अंधेरीमा रहेको घरमा बोलाए । मैले उनले भनेको समयमा आफ्नो पोर्टफोलियो लिएर त्यहाँ पुगे । तर, उनले मेरो पोर्टफोलियो नहेरी फालिदिए । पछि मात्र मलाई उनको वास्तविक उद्देश्यको बारेमा थाहा भयो ।’ रणवीरका अनुसार ती व्यक्तिले स्टार बनाउने प्रलोभन देखाउँदै आफ्नो शोषण गर्न खोजेका थिए । ती व्यक्तिको कुरा सुनेपछि रणवीर निकै आश्चर्यचकित बनेको बताए । ती व्यक्तिको शर्त आफूले नमानेको पनि रणवीरले खुलासा गरे । रणवीरले बलिउडमा यस्तो घटना संघर्षरत नायक नायिकाहरुसँग हुनु सामान्य भइसकेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप