मेगा बैंकले ल्यायो ‘मेगा भिसा क्रेडिट कार्ड’
काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले ग्राहकको सुविधालाई ध्यानमा राखी मेगा भिसा क्रेडिट कार्ड संचालनमा ल्याएको छ ।
पुस १ गतेबाट लागू हुने गरी बैंकले मेगा भिसा क्रेडिट कार्ड संचालनमा ल्याएको हो । मेगा भिसा क्रेडिट कार्ड पनि स्वदेश तथा विदेशमा संचालन गर्न सकिनेछ । यसअघि नै बैंकले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत संचालन हुने गरी मेगा भिसा डेबिट कार्ड ल्याइसकेको छ ।
यसैगरी, विदेश यात्रा गर्न चाहने ग्राहकलाई सजिलो हुने गरी बैंकले मेगा भिसा ट्राभल कार्ड पनि ल्याएको छ । मेगा भिसा ट्राभल कार्ड संसारभर प्रयोग गर्न सकिने मेगा बैंकले जनाएको छ ।
अन्तर्राष्ट्रिय ब्राण्डको भिसा कार्डमा आबद्ध भएपछि बैंकको कार्डको सञ्जाल अझ बढी विस्तार हुने मेगा बैंकको विश्वास छ । तर, मेगा भिसा कार्ड संचालनमा ल्याइए पनि ग्राहकको सुविधाका लागि एससीटी कार्ड यथावत संचालन गर्ने बैंकले जनाएको छ ।
मेगा बैंकले अहिले उपत्यकामा १४ वटा र उपत्यकाबाहिर १८ वटा गरी ३२ वटा आफ्नै मेगा मनी मेशिन (एटीएम) सञ्चालन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण