रञ्जित रे भन्छन्, नेपालको थाहा छैन तर भारतले नेपाललाई अझै पनि ‘लभ’ गरिरहेको छ (अडियोसहित)
मङ्गलबार, २९ मङ्सिर २०७२, २३ : ०४
काठमाडौं– भारतीय राजदूत रञ्जित रे ले नेपाल र भारतबीच लभ र हेटको सम्बन्ध रहेको बताउँदै भारतले सँधै नेपाललाई माया गरिराख्ने बताएका छन् ।
मगंलबार नेपाल भारत मैत्री संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत रेले भारतले नेपालको अहित नचाहेको उल्लेख गर्दै भने, ‘नेपाल र भारतको सम्बन्ध निकै प्रगाढ छ, यो सम्वन्धलाई कसैले बिगार्न सक्दैन । कहिलेकाँही आफ्नै परिवारमा पनि उत्तारचढाव आउँछ, अहिले नेपाल र भारतबीच त्यस्तै उत्तारचढाव देखापरेकोछ, यस्तो उतारचढावलाई सुझबुझको प्रयोग गरेर सुल्झाउनुपर्छ । उतारलाई हल गरेर सम्बन्धको चढावलाई अघि बढाउनुपर्छ ।’
राजदूतले रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई पटकको नेपाल भ्रमणमा देखिएको सम्बन्धलाई नै भारतले अघि बढाउन चाहेको बताउँदै गत बैशाखामा गएको भुकम्प पछि भारतले गरेको सहयोगलाई एउटा ‘ट्रेन्ड’ मानेर अगाडी बढ्नुपर्ने धारणा राखे ।
‘नेपाल र भारतबीच कस्तो परिपक्व सम्बन्ध हो ? जुन ६ महिनाकै बीचमा यस्तो आकाश पातालको जसरी दुरि बढ्यो, यस्तो नहुनुपर्ने हो,’ उनले भने, ‘नेपाल र भारतबीच लभ र हेटको सम्बन्ध छ । यहाँ भावनात्मक सम्बन्ध छ । यसलाई नेपालले कसरी लिएको छ, थाहा छैन तर भारतले नेपाललाई अझै ‘लभ’ गरिरहेको छ, हेट गरेको छैन ।’
https://soundcloud.com/ratopati/ranjit-ray-speaks-about-india-nepal-relation
राजदूतले रेले भारतको उद्देश्य तीव्र विकास भएकाले आफ्नो छिमेकी अशान्त हुँदा भारतलाई पनि असर पर्ने उल्लेख गरे । राजदुत रे ले भने, ‘त्यही भएर भारत आफ्नो छिमेकीसँग सुमधुर सम्बन्ध बनाउन चाहन्छ । विशेष गरेर नेपालसँग जोसँग भारतको बेग्लै किसिमको सम्बन्ध रहेको छ ।’ उनले नेपालबारे भारतको रणनैतिक उद्देश्य भनेको केवल नेपालको स्थायित्व र विकास रहेको बताए । उनले नेपाल अस्थिर हुँदा नेपाल भारत दुवैलाई फाइदा नहुने जिकिर गरे ।
‘नेपाल दक्षिण एसियाको सबैभन्दा धनी देश बन्ने क्षमता राख्छ तर आज किन सबैभन्दा गरिब देश बनेको छ ? यो प्रश्न उठ्न पर्ने होइन ?,’ रेले प्रश्न गरे, ‘मेरो विचारमा भारतको सहयोगले नेपालको विकासको दर द्रुत गतिमा अगाडी बढ्न सक्छ । नेपालको भौगोलिक अवस्थाले पनि भारतको सहयोग बिना नेपालको द्रुत विकास हुन सक्दैन ।’ उनले नेपालको प्रमुख स्रोत जलविद्युत र पानी भएको र त्यसको प्रमुख बजार भारत रहेकाले नेपालको विकासका लागि भारत अपिरिहार्य रहेको उल्लेख गरे ।
आफू राजदुत मात्र नभएर नेपालको मित्र समेत भएको उल्लेख गर्दै रे ले भने, ‘यहाँ भारत विरोधी भावना फैलिँदा कुनै राजनीतिक समूहलाई फाईदा होला, तर विकासमा असर पर्छ ।’
भारतले नेपाललाई भुपरिवेष्ठित राष्ट्रले पाउनुपर्ने अधिकारबाट बञ्चित नगरेको दाबी गरेका छन् । राजदुत रे ले भने, ‘भूपरिवेष्ठित राष्ट्रको अधिकार भनेको समुद्रसम्म पुग्ने बोटो हैन, त्यहाँसम्म पुग्ने अधिकार सुरक्षित छ, किनकी विरगञ्जमा रेल त आइरहेको छ नी ? अनि कसरी भुपरिवेष्ठितको अधिकार हनन् भयो ?’
कार्यक्रममा पुर्वमन्त्रीहरु, परराष्ट्रविद, लगायतका विभिन्न क्षेत्रका ब्यक्तित्वहरुले आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण