भारतीय नाकाबन्दीको सामना चिनियाँ नाका खोलेर : भण्डारी
मङ्गलबार, २९ मङ्सिर २०७२, १९ : २१
काठमाडौँ - नेपाल पत्रकार तथा लेखक समाजले भारतले नेपालमाथि गरेको नाकाबन्दी तत्काल अन्त्य गर्न भारतसँग आग्रह गरेको छ ।
समाजले आज यहाँ ‘नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप’ विषयक अन्तक्र्रियाको आयोजना गरी भूपरिवेष्टित राष्ट्र नेपालको पारवहन अधिकारलाई भारतले कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै नाकाबन्दी अन्त्य गर्नुपर्ने बताएको हो ।
जनमोर्चा नेपालका महासचिव साध्यबहादुर भण्डारीले भारतले अन्तर्राष्ट्रिय कानुन मिचेर नेपालमाथि नाकाबन्दी गरेको भन्दै नेपालले बढीभन्दा बढी चिनियाँ नाका खोलेर नाकाबन्दीको सामना गर्नुपर्नेमा जोड दिए ।
मानवअधिकारकर्मी केबी रोकायाले भारतले नेपालमाथि नाकाबन्दी लगाउनुमा नेपालभित्रको समस्या कारक रहेको भन्दै यसलाई बौद्धिक तरिकाले समाधान गर्नुपर्ने बताए ।
एकीकृत माओवादीका नेता धमेन्द्र बाँस्तोलाले भारतले नेपालप्रति लिएको नीति गलत भएको बताउँदै नेपालले आफ्नो समस्याको पहिचान गरी त्यसलाई सम्बोधन गर्नेतर्फ लाग्नु उचित हुने सुझाव दिए ।
परराष्ट्रविद् डा सोम पुडासैनीले नेपालले भोगिरहेको समस्यालाई समाधान गर्न चिनियाँ नाकालाई खोल्न पहल गर्नुपर्नेतर्फ जोड दिए ।
थारु मुक्ति सङ्ग्रामका अध्यक्ष डा ललन चौधरीले मधेस आन्दोलनले त्यहाँका थारुलाई अल्पमतमा पार्ने काम गरेको भन्दै सबै थारु ‘एक मधेस एक प्रदेश’ को पक्षमा नरहेको स्पष्ट पारे ।
कार्यक्रममा समाजका अध्यक्ष गोरखबहादुर बिसी, पूर्वराजदूत डा विष्णुहरि नेपाल, धार्मिक गुरु दामोदर गौतम, डा भिक्षु कीर्तिलगायतले नाकाबन्दीको समस्यालाई भारतसँग मित्रवत् रुपमा नै हल गर्नुपर्नेमा जोड दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण