राष्ट्रपति, प्रधानसेनापति र भारतीय राजदुत बुधबार जनकपुर आउने, मोर्चाले जलायो पुत्ला
जनकपुरधाम - राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार मिथिलाञ्चलको ऐतिहासिक विवाह पञ्चमी महोत्सवमा सरिक हुन जनकपुर आउने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति भण्डारी विवाह पञ्चमीको अवसरमा जनकपुरस्थित ऐतिहासिक तथा धार्मिक महत्वको जानकी मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
राष्ट्रपति भण्डारी जानकी मन्दिर आइपुग्नुहुँदा उनलाई मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले स्वागत गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीसँगै नेपालका लागि भारतीय राजदुत रणजित राय, प्रधानसेनापति तथा अन्य विशिष्ट व्यक्तिको सहभागिता रहने जनाइएको छ ।
मौसम सफा भए उनीहरु बिहान ११ बजेदेखि ३ बजेभित्र आउने कार्यक्रम रहेको छ । राष्ट्रपति आउने कार्यक्रम तय भएपछि मधेशी मोर्चाका कार्यकर्ताले उनको पुत्ला दहन गरेको छ । मोर्चाले उनको प्रवेशलाई रोक्ने बताउँदै राष्ट्रपतिको कार्यक्रम बिथोल्ने रणनीति तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण