विप्लव माओवादीले आगजनी गराएपछि यस्तो देखियो डिसहोम
काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले टेलिभिजन प्रसारक डिसहोमको स्टेशनमा आगजनी गराएको छ । डिसहोमको ललितपुरस्थित भैंसेपाटी अर्थ स्टेशनमा विप्लव कार्यकर्ताले पेट्रोल बम प्रहार गरेका हुन् । करिब आधा दर्जनको संख्यामा आएका नेकपा माओवादीका कार्यकर्ताले बुधबार बिहान सवा ६ बजे आगजनी गराएका हुन् । बम प्रहारपछि डिस होमको प्रसारण बन्द भएको छ । नेकपा माओवादीले पेट्रोल बम विस्फोट गराएको दाबी गरे पनि डिसहोमले भने मुख्य कन्ट्रोल युनिटमा आगलागी गराएको बताएका छन् । डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले टेलिभिजन प्रसारण बन्द भएको र वैकल्पिक उपायमार्फत पुनः प्रसारणको तयारी भइरहेको जानकारी दिए । नेकपा माओवादीले घटनाको जिम्मेवारी लिएको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्माले भारतीय टेलिभिजन च्यानलको प्रसारण रोक्न पटकपटक गरिएको आग्रह बेवास्ता गरेकाले चेतावनी स्वरुप आक्रमण गरिएको बताए । डिसहोमले अटेर गरे अझै उच्चस्तरको कारबाही गर्ने चेतावनी विश्वकर्माले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण