हिसिलाले सोधिन, ‘लिपुलेक जानेहरु वाह ! वाह ! मधेश झर्दा बाबुराम कसरी देशद्रोही ?
बुधबार, ०१ पुस २०७२, ०४ : ०५
काठमाडौं– नयाँ शक्तिका संयोजक डा. बावुराम भट्टराई पत्नी हिसीला यमीले राष्ट्रियताको नारा लिएर लिपुलेक जानेहरुलाई मधेश झर्न आग्रह गरेकी छिन् । मंलगबार राजधानीमा नेपाल भारत मैत्रि संघद्वारा आयोजित ‘नेपाल भारत सम्वन्ध र वर्तमान सन्दर्भ’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै पुर्व मन्त्री समेत रहेकी यमिले भनिन्, ‘लिपुलेक जानेहरु एकपटक मधेश जानुस, त्यहाँ थाहा हुन्छ राष्ट्रियता के रहेछ ?’
नेपाली कम्युनिष्टहरुमा रायमाझी ट्रेण्ड हावी रहेको उल्लेख गर्दै यमीले प्रश्न गरिन्, ‘मधेश झर्दा बावुराम राष्ट्रद्रोही र भारतिय एजेन्ट हुने ? लिपुले जानेहरु किन वाह वाह ?’
नेपाल कम्युनिष्ट पार्टिका संस्थापक पुष्पलाल लाई गद्दार भन्नेहरु अहिले सरकारमा गएको भन्दै यमिले भनिन्, ‘त्यसैले अहिले जोगीदेखी भैंसी र भैंसिदेखी जोगी डराएको छ ।’
यो नाकाबन्दी हो, गुजराल डक्ट्रिन लागु गरौं–कुलचन्द्र गौतम
संयुक्त राष्ट्रसंघका पुर्व उप–महासचिव कुलचन्द्र गौतमले भारतले नेपालमा प्रस्टरुपले नाकाबन्दी गरेको दाबी गर्दै पुर्व प्रधानमन्त्री आई के गुजरालले जस्तो महानता देखाएर भारतले नेपाललाई सुविधा दिनुपर्ने बताएका छन् । अन्तक्र्रियामा बोल्दै गौतमले नेपाल र भारत बिच बेला–बेला लभ–हेट रिलेसनसिप देखिने गरेको उल्लेख गर्दै यस्तो सम्बन्धमा दुवै पक्ष जिम्मेवार हुने बताए ।
नेपालका स्कुल, कलेज नचल्दा लाखौं बालवालीकाको भविष्यमाथी प्रश्नचिन्ह उठेको भन्दै गौतमले भने, ‘लोलोपोतो किन गर्नु यो नाकाबन्दी हो, भारतले यो नाकाबन्दी खोलिदीनुपर्छ र मधेश केन्द्रित दलहरुले पनी सिमा अवरोध बन्द गरेर मानविय संकटलाई अन्त्य गर्नुपर्छ ।’
‘भारतका पुर्व प्रधानमन्त्री आई के गुजरालले जस्तै महानता देखाएर भारतले नेपाललाई सुविधान दिनुपर्छ, नेपालको सन्दर्भमा गुजराल डक्ट्रिन लगु भएन्, त्यसलाई लागु गरौं ।’ उनले भने, ‘अब नेपालले भारत निर्भरता कम गर्नुपर्छ र अन्य नाका खोलेर अरु देशहरुसँग पनी सम्वन्ध विस्तार गर्नुपर्छ ।’
उखान–टुक्काले भारतको सम्बन्ध सुल्भिँदैन
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओलितर्फ संकेत गर्दै भारतको समस्या उखान–टुक्काले नसुल्झिने बताए । भारतलाई सत्तोसराप नगर्न सरकालाई आग्रह गर्दै रिजालले भने, ‘नेपाल–भारत बिचको समस्या सुझबुझको प्रयोग गरर सुल्झाउनुपर्छ, हचुवाको भरमा हुँदैन ।’
सडक गल्लिमा भारतलाई गाली गर्ने र बन्द कोठामा भारतसँग संझौता गर्नेहरुलाई नै नेपाली राजनितीले महान बनाएको दाबी गर्दै रिजालले भने, ‘अब त्यस्तालाई प्रशय गर्ने राजनिती गर्नु हुँदैन ।’
‘कहिले नरेन्द्र मोदिलाई चाहिनेभन्दा बढी स्वागत गर्ने कहिले उनैलाई सत्तोसराप गरेर भारतको झण्डा आगो लाउने प्रवृत्तिबाट हामी कतै पुग्दैनौं’ पुर्वमन्त्री रिजालले भने, ‘यस्तो ब्यबहारले सत्तासिनहरुलाई तत्कालिन फाईदा होला तर देशलाई फाईदा हुँदैन ।’
‘साईकल चढ्छौं’ भनेर उफ्रिने अनि जनताले दुःख पाउनुपर्ने ?
पुर्व प्रधानसेनापती रुक्मांगद कट्वालले एमाओवादी अध्यक्ष प्रती संकेत गर्दै शैनिक मञ्चमा गएर नेताहरु उफ्रेपनी जनताले दुःख पाएको बताए । उनले भने, ‘हाम्रो शैनिक मञ्चमा गएर साईकल चढ्छौं भनेर उफ्रिने, अनि त्यसको फल जनताले भोग्नुपर्ने ?’
तराई मधेशको आन्दोलनलाई ‘मदिशे आन्दोलन’ भन्दै काठमाडौंले हेपेको उल्लेख गर्दै कट्वालले भने, ‘यो मदिशे भन्ने शब्द कहाँबाट आयो ?’
कम्मल ओढेर घिउ नखाऔं–त्रिपाठी
तराई मधेश लोकतान्त्रीक पार्टीका उपाध्यक्ष हृदयश त्रिपाठीले तराई आन्दोलन नेपालको आन्तरिक मामला भएको उल्लेख गर्दै यो आन्दोलन कुनै क्षेत्रविशेषको नभएर देशको मामला भएको बताए । सत्तासिन दलहरुले कम्मल ओढेर घिउ खान थालेको भन्दै त्रिपाठीले भने, ‘त्यसरी कम्मल ओढेर घिउ पिएमा पेट बिग्रने डर हुन्छ ।’ लुकेर घिउ खाएको कुरा डाक्टरलाई भन्न पनी गाह्रो हुने भन्दै उनले भने, ‘त्यस्तो बेला गलत औषधी सेवन गर्न बाध्य हुनुपर्ला ।’
कार्यक्रममा पुर्व गभर्नरहरु तिलक रावल, हिमालय शमशेर जबरा, पुरुषोत्तम दाहाल, जयराज आचार्य लगायका बक्ताहरुले आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण