मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

उत्तरका नाका खोल्न सरकार प्रयासरत छ : भट्टराई

बुधबार, ०१ पुस २०७२, ०९ : १८
बुधबार, ०१ पुस २०७२
पोखरा – नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकार नेपालका उत्तरी नाका खुलाउने प्रयासमा लागिरहेको बताएका छन् । प्रेस चौतारी कास्कीले मंगलवार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले सो कुरा बताएका हुन् । उनले भारतले नेपालमा संविधान बनेको देख्न नसकेर नकावन्दी गरेको भन्दै अब विकल्पको रुपमा उत्तरी नाका प्रयोगमा ल्याउन सकिने बताए । एमाले सचिव भट्टराईले मधेशीले जति नै आन्दोलन गरे पनि ७ प्रदेशको सिमाङ्कनमा परिवर्तन नहुने बताए ।  उनले देशको समस्या समाधानमा प्रतिपक्षी दल नेपाली कांग्रेस पनि जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने धारणा व्यक्त गरे । मधेशीहरुको आन्दोलन सत्ता प्राप्तिको लागि मात्र भएको भन्दै उनले मधेशका फटाहाहरुको आन्दोलनले त्यहाँका सर्वसाधारणहरुले दुःख पाएको बताए ।  उनले यस्तो अवस्था देशमा धेरै समय नरहने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप