मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

महाधिवेशनको तयारीबारे कांग्रेसमा छलफल

बुधबार, ०१ पुस २०७२, १६ : २१
बुधबार, ०१ पुस २०७२

काठमाडौं–नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको तयारीबारे छलफल भएको छ । सभापति सुशील कोइरालाको अध्यक्षतामा केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, ललितपुरमा बसेको बैठकमा केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक नरहरि आचार्यले समितिको प्रतिवेदन गरेको मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए । सो प्रतिवेदन उपर उपसभापति रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— डा. रामशरण महत, अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., महेश आचार्य, बालकृष्ण खाँण, फरमूल्लाह मंसुर, डा. शशांक कोइराला, आनन्दप्रसाद ढुंगाना, सूर्यमान गुरुङ, कमला पन्त, महेन्द्र यादव, राजनप्रसाद पन्त, रामचन्द्र तिवारी र आमन्त्रित केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले आ–आफ्नो धारणा व्यक्त गरेको समेत उनले बताए ।

बैठक बिहिबार पुन बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप