प्रभु र स्वावलम्वन लघुवित्त विकास बैंकबीच रेमिट्यान्स सम्झौता
काठमाडौं–नेपालको अग्रणि रेमिटेन्स कम्पनी प्रभु मनि ट्रान्स्फर प्रालि र स्वावलम्वन लघुवित्त विकास बैंकबीच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । सम्झौतामा प्रभु मनि ट्रान्स्फरका तर्फवाट कम्पनीका नायव महाप्रवन्धक रामेश्वर सापकोटा र स्वावलम्वन लघुवित्त विकास बैंकको तर्फवाट कायकारी प्रमुख नरेशमान प्रधानले हस्ताक्षर गरे । काठमाडौंको लाल दरवारमा प्रधान कार्यायल रहेको स्वावलम्वन लघुवित्त विकास बैंकको ४६ जिल्लाहरुमा १०९ शाखाहरुवाट सेवा संचालन गरीने र बैकमा रहेका दुई लाख भन्दा वढि सदस्यहरुले प्रत्यक्ष रुपमा यस सेवावाट लाभान्वित हुने सिईओ प्रधानले जानकारी गराएका छन् ।
प्रभु मनि ट्रान्स्फरले ग्रामिण भेगका ग्राहकहरुलाई लक्षित गरी कम्पनीले सेवा विस्तार गर्ने योजना लिएको हो । यस किसीमको योजनाले कम्पनीको रेमिटेन्स सेवालाई त्यस क्षेत्रका ग्राहकहरुले आफ्नै गाउँवाट छिटो सजिलो रुपमा सेवा उपभोग गर्न सक्ने प्रभु मनि ट्रान्स्फरका डिजिएम सापकोटाको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण