मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

पोखराका ३३ वटा पेट्रोल पम्पवाट ९२ हजार लिटर पेट्रोल वितरण

बुधबार, ०१ पुस २०७२, १७ : ०६
बुधबार, ०१ पुस २०७२

पोखरा–पोखराका ३३ वटा पेट्रोल पम्पवाट वुधवार दुई पाङ्ग्रे मोटरसाईकल तथा स्कूटरलाई ९२ हजार लिटर पेट्रोल वितरण गरिएको छ । विहीवार पोखराका १९ वटा पेट्रोल पम्पवाट कार तथा ट्याक्सीलाई ६२ हजार लिटर डिजेल वाँड्ने तयारी जिल्ला आपूर्ति समिति कास्कीले जनाएको छ ।

पेट्रोल वितरणको लागि जिल्ला आपूर्ति समिति कास्कीले कालो र रातो प्लेटका सवारी साधनकोलागि छुट्टा छुट्टै पम्पहरु तोकिएको जिल्ला आपूर्ति समितिको तर्फवाट कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले जानकारी दिएका छन् ।

भोलि वितरण हुने पेट्रोल भोलि आज भरे साँझसम्म गोगन गौडा डिपोले उपलव्ध गराउने र भोलि विहीवार विहान ८ वजेदेखि वितरण प्रक्रिया सुरु हुने जिल्ला आपूर्ति व्यवस्था समिति कास्कीले जनाएको छ । यसै गरी विहीवार पोखरामा गृह लक्ष्मी ग्याँस वितरण गर्ने भन्दै जिल्ला आपूर्ति समितिको वैठक अहिले चलिरहेको आपूर्ति समितिका एक सदस्यले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप