मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

एसएलसी परिक्षा आउँदो चैत १८ गतेदेखि

बुधबार, ०१ पुस २०७२, १७ : ३१
बुधबार, ०१ पुस २०७२

काठमाडौं - परिक्षा समितिको बुधबारको बैठकले एसएलसी परीक्षा आउँदो चैत १८ गतेदेखि २९ गतेसम्म हुने गरी तालिका तय गरेको छ । यसअघि चैत पहिलो हप्तादेखि नै एसएलसी परीक्षा सुरु हुने गर्दथ्यो । तय भएको परीक्षा तालिकाअनुसार १८ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । १९ गते अनिवार्य नेपाली, २१ गते अनिवार्य गणित र २२ गते विज्ञान विषयको परीक्षा हुनेछ । यसैगरी २३ गते सामाजिक शिक्षा, २४ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, २५ गते ऐच्छिक प्रथम, २६ गते द्वितीय ऐच्छिक विषयको परीक्षा हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप