विवादीत पूर्व मन्त्री पराजुलीको अर्को कारनामा, अख्तियारले असुल्यो २ लाख ६० हजार
काठमाडौं — पूर्व मन्त्री हरि प्रसाद पराजुलीले दुग्ध विकास संस्थानको खर्चमा आफ्नो छोरालाई अस्ट्रेलिया भ्रमणमा पठाएको खुलासा भएको छ । दुग्ध विकास संस्थानलाई आर्थिक व्ययभार पारेको भन्दै अख्तियारले पूर्व मन्त्री पराजुलीसँग २ लाख साठी हजार असुल उपर समेत गरेको छ । कृषि विकास मन्त्री रहेका पराजुलीले पदको दुरुपयोग गरी आफ्नो छोरा गिर्वाण विक्रम पराजुलीलाई गैह्रकानूनी तरिकाले अष्ट्रेलिया भ्रमणमा पठाएको भन्ने विभिन्न समाचार माध्यममा प्रकाशितरप्रसारित समाचार एवं आयोगमा पर्न आएको उजुरी सम्बन्धमा अयोगले अनुसन्धान गरेको थियो । जसमा मन्त्री पराजुलीले आफै मन्त्रीस्तरीय निर्णय गरी बनकटवा दुग्ध उत्पादक सहकारी संस्था लि।, बांकेमा शेयर सदस्य रहेका आफ्ना छोरा गिर्वाण विक्रम पराजुलीलाई दुग्ध विकास संस्थानको खर्चमा असार २९ देखी साउन ४ गते सम्म अध्ययन भ्रमण टोलीमा सहभागी गराई अष्ट्रेलिया भ्रमणमा पठाएको पाईएका थिए । उक्त भ्रमणबाट दुग्ध विकास संस्थानलाई दुई लाख साठी हजार आर्थिक व्ययभार पर्न गएको आयोगले उल्लेख गरेको छ । पराजुलीले मंििसर २८ गते दुग्ध विकास संस्थानको हिमालयन बैङ्क लि। मा रहेको खातामा उक्त रकम जम्मा गरेका छन् । विभिन्न विवादमा पर्दै आएका मन्त्री पराजुलीलाई उनको पार्टी नेकपा एमालेले राजीनमा गर्न लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण