मधेस आन्दोलनको मारमा बृद्धबृद्धा
बिहीबार, ०२ पुस २०७२, १० : ४८
सिरहा– मधेशी मोर्चाको बन्दले स्थानीय निकाय नखुलेपछि सामाजिक सुरक्षा भत्ता नपाउँदा सिरहाका बृद्ध बृद्धाहरु समस्यामा परेका छन् । बृद्ध शरीरले काम गर्न नसकेपछि सामाजिक सुरक्षा भत्ताको रकमले औषधिमूलो गर्दै आएकामा बन्दको कारण देखाउँदै स्थानीय निकायले रकम नदिएपछि समस्यामा परेको सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वाका ७५ वर्षीय दोरिकलाल यादवले गुनासो गुनासो गरे ।
‘पछिल्लो चार महिनादेखि भत्तावापत्को रकम नपाउँदा आफ्नो दैनिक खर्च गर्ने बाटो नै बन्द भएको छ’ यादवले भने ‘काम गर्न नसक्ने भएपछि घरमा छोराबुहारीले दैनिक खर्चका लागि पनि रकम दिन अप्ठ्यारो मान्दा समस्यामा परेको छु ।’ त्यस्तै, सुकुम्बासी परिवारका चोहर्वाकै ७० वर्षीय खोखाई महराले आफ्नो सामाजिक सुरक्षा भत्ताको रकम नआउँदा घरमा बुहारी र नाति नातिनाहरुले हेला गर्ने गरेको गुनासो गरे । छोरो कमाउन विदेशिएपछि औषधिमूलो गराउन समेत बुहारीले बेवास्ता गरिरहेको दुःखेसो उनको छ । ‘भत्ताको रकम आएपछि यो जाडोमा न्यानो कपडा किन्ने योजना बनाएको थिएँ, रकम नपाउँदा समस्या भयो’ महराले भने ।
सामाजिक सुरक्षा भत्ताको रकम आउँदा राम्रै व्यवहार गरिरहेका छोरा बुहारीले चार महिनादेखि रकम पाउन रोकिंदा घरबाट नै निकालिनु परेपछि गोलबजार नगरपालिका ९ डण्डाका एक बृद्धले प्रहरीमा उजुरी दिएका छन् । स्थानीय गंगाई यादवले छोरा बुहारी रामदुलारी यादवले घरबाट निकालेपछि इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएका हुन् ।
जिल्ला विकास समिति सिरहाका लेखा अधिकृत जयकुमार कटुवालले चालु आर्थिक वर्षको साउनदेखि कार्तिकसम्मको पहिलो चौमासिक अन्तर्गत करिब एक करोड १७ लाख रुपैयाँ सामाजिक सुरक्षा वापत्को रकम वितरण गर्न नसकिएको जानकारी दिए । सामाजिक सुरक्षा भत्ता पाउनेमध्ये करिब ६० प्रतिशत दलित समुदायका रहेको जिल्ला विकास समितिले जनाएको छ ।
लेखा अधिकृत कटुवालले बन्दले स्थानीय निकाय नखुलेपनि रकम बोकेर कर्मचारीहरु गाउँ जान सक्ने अवस्था नभएकाले सामाजिक सुरक्षा भत्ताको रकम वितरण रोकिएको उल्लेख गर्नुभयो । उहाँले सिरहा जिल्लाका पाँच नगरपालिका र ६१ गा.वि.स.का करिब ४० हजार अपाङ्ग, बृद्ध बृद्धा, एकल महिलालाई सामाजिक सुरक्षा भत्तावापत् २८ करोडको हाराहारीमा रकम वितरण गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण