मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

पर्बत समाज स्पेन गठन, अध्यक्षमा ओमर गुरुङ

बिहीबार, ०२ पुस २०७२, १० : ५२
बिहीबार, ०२ पुस २०७२

स्पेन – रोजगारीको सिलसिलामा स्पेनमा रहेका पर्बत जिल्लाबासी नेपालीहरु एकजुट हुँदै पर्बत सेवा समाज स्पेनको गठन गरेका छन ।

बार्सिलोना स्थित ओला नेपाल रेस्टुरेन्टमा बसेको औपचारिक बैठकले संस्थाको १९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । जस्मा अध्यक्ष ओमर बहादुर गुरुङ , उपाध्यक्षहरुमा ईन्द्र शर्मा ,जीवन भुसाल,महासचिवमा सन्तोष शर्मा,सचिव कृष्ण भुसाल र कोषाध्यक्षमा बिनु गुरुङलाई चयन गरेको छ।

यस्तै कार्यसमिति सदस्यहरुमा भुपेन्द्र श्रेष्ठ,अनन्त लामिछाने,उमेश पुरी,झलक भण्डारी,राजेन्द्र तिमिल्सिना,दिनेश रेग्मी,रेनु गुरुङ,लक्ष्मी गुरुङ,प्रकाश भट्टराई,मुक्ति प्रसाद श्रेष्ठ,शंकर गिरी,नारायणी तिमिल्सिना र ओम बहादुर बानिया रहेका छन् ।

त्यस्तै बैठकले सल्लाहकारमा पुष्प राज तिमिल्सिना,गंगा प्रसाद भुसाल,गौतम गुरुङ,शितल भुर्तेल भुसाल र गंगा देबी शर्मालाई चयन गरेको छ।

 बैठकमा उपस्थित सदस्यहरुको संक्षिप्त परिचयबाट सुरु भएको कार्यक्रममा आगामी कार्य योजना, सस्था बिस्तार, प्रतिक चिन्ह (लोगो), लेटर प्याड र ब्यानर को निर्माण, सदस्यताको मापदण्ड र शुल्क, आदी बिषयहरुमा गम्भिर छलफल गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप