मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

भारतको चेन्नईका वाढीपीडितलाई नेपाली स्वयंसेवक टोलीको राहत

बिहीबार, ०२ पुस २०७२, १० : ५९
बिहीबार, ०२ पुस २०७२

चेन्नई– हालै छिमेकी राष्ट्र भारतको दक्षिण क्षेत्र चेन्नईमा आएको विनाशकारी बाढी पहिरोका कारण विस्थापित भएका जनताको  उद्धार तथा राहतका लागि नेपालबाट यहाँ आइपुगेको एक टोलीले  कार्य प्रारम्भ गरेको छ । भोलेन्टियर मिनिस्टर नेपाल च्याप्टरका स्वयंसेवकहरु यहाँ आएकाा हुन् । टोलीको नेतृत्व नेपाल च्याप्टरका प्रोडक्सन निर्देशक गुणराज प्याकुरेलले गरेका छन् भने उनी नेपाल स्काउटका नेशनल काउन्सिल सदस्य समेत हुन् । स्वयंसेवक टोलीमा सहभागि अन्यमा ऋषि गौतम, राम श्रेष्ठ, दावा शेर्पा, सुरज डंगोल, एब्रन तामाङ वाइबा र दिनेश तामाङ छन् । हुम्यान राइट्स साइथ इण्डिया च्याप्टरको सहकार्यमा स्वयंसेवक टिम बाढी प्रभावित विभिन्न क्षेत्रहरुमा पुगेर खाद्यान्न तथा लत्ताकपडा वितरण गरी रहेको चेन्नईमा रहेका प्याकुरेलले जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप