बाबुरामको नयाँ शक्तिमा विवेकशील नेपालीदेखि सरोज खनालसम्म
काठमाडौं– नयाा शक्ति निर्माणको अभियान चलाउादै आएका बाबुराम भट्टराईसहितका नयाँ विचार, राजनीति, सुसंस्कार, सँस्कृति सहितको वैकल्पिक राजनीतिक शक्तिको सोंच राख्ने शक्ति तथा व्यक्तिहरुबीच बिहिबार छलफल भएको छ । छलफलमा वैकल्पिक विचार, सुसंस्कार, सँस्कृति सहितको वैकल्पिक राजनीतिक शक्तिको खाँचो छ भन्ने कुरामा सबै पक्ष सहमत भएको नयाा शक्ति निर्माण अभियानका संयोजक बाबुराम भट्टराईको सचिवालयले उपलब्ध गराएको विज्ञप्तीमा उल्लेख छ ।
छलफलमा वैकल्पिक राजनीतिक विचार राख्नेहरुबीचको सहकार्यमा जोड दिादै वैकल्पिक राजनीतिको मूल उद्देश्य सदाचार सहितको राजनीति, देशको विकास र समृद्धि भएको निश्कर्ष निकालिएको छ ।
छलफलमा नयाा शक्ति निर्माण अभियानका भट्टराईसहित देवेन्द्र पौडेल , रामचन्द्र झा कांग्रेस नेता प्रदीप गिरी, पूर्व अर्थसचिव रामेश्वर खनाल, विवेकशील नेपालीका उज्वल थापा गोविन्दनारायण तिमल्सिना, रमेश पौड्याल, अभिषेक बस्नेत, पुकार बम, जीवन श्रेष्ठ , अनुषा थापा, वैकल्पिक विचार मञ्चका केशव दाहाल, अभिनेता सरोज खनाल लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण