मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानसेनापतिको निर्णय उल्ट्याउन सुरु भयो चलखेल

बिहीबार, ०२ पुस २०७२, १६ : ०७
बिहीबार, ०२ पुस २०७२

काठमाडौं–नेपाली सेनाले आफ्नो संगठनलाई आवश्यक विस्कुट र दुध सिधै खरिद गर्न थालेपछि उसको करोडौं रकम जोगिने भएको छ । विगतको सार्वजनिक खरिद ऐनअनुसारको प्रकृयाबाट विस्कुट खरिद गर्ने निर्णयलाई सच्याउँदै अहिले सेनाले सोझैं विस्कुट खरिद गर्न थालेपछि करोडौं रकम जोगिने भएको हो । यसरी सोझैं विस्कुट खरिद गर्दा सेनाले कम मूल्यमै विस्कुट खरिद गर्न सक्छ । सैनिक मुख्यालय स्रोतका अनुसार सेनाको कोषमा चलेको अनियमितालाई रोक्न हालै प्रधानसेनापति राजेन्द्र क्षत्रीको अग्रसरतामा तीन वर्षको लागि नेपाली विस्कुट हाइ इनर्जी विस्कुट र कन्डेन्स मिल्कसमेतको खरिद सम्झौता सम्पन्न भइसकेको छ । नयाँ सम्झौताअनुसार जति महंगी बढेपनि तीन वर्षसम्म सो विस्कुट र दुधको भाउ नबढ्ने सैनिक प्रवक्ता ताराबहादुर कार्कीले रातोपाटीले बताए । उनका अनुसार यो निर्णय २०७५ पुस मसान्त सम्म लागू हुने छ । ‘ संगठनको निर्णपछि भएको सम्झौताले तीन वर्षको अवधिमा ४० करोड रुपैयाँ सेनाको जागिन्छ’, कार्कीले भने, ‘यो निर्णय मन्त्रालयकै स्वीकृति ल्याएर गरिएको हो ।’

कार्कीले सार्वजनिक खरिद ऐनको दफा ४१ (१ग) अनुसार आपूर्तिकर्तासँग सोझैं सो खरिद् सम्झौता गरिएको समेत बताए । तर, सेनाले यसरी सोझैं खरिद प्रक्रिया अघि बढाएसँगै केहि व्यापारिक फर्महरु सो निर्णय उल्ट्याउने उद्देश्यले मुद्दाको लागि केहि सैनिक अधिकारीसँगै छलफलमा जुटेको बताइएको छ । सेनाभित्रैको केहि अधिकारीकै मिलेमतोमा केहि ब्यापारिक फर्मले टेन्डर पारेर चर्को मूल्यमा सेनाको लागि विस्कुट आपूर्ति गर्दै आएको थियो ।

भूतपूर्व प्रधानसेनापति गौरब शमशेर राणाको पालामा सार्वजनिक खरिद ऐनअनुसार विस्कुट खरिद गर्दा सेनाले करौडौं रुपयाँ वित्थामा खेर फालेको थियो । अब नयाँ निर्णयसँगै कमिसनको खेलको अन्त्य भएकाले उनीहरु चलखेलमा लागेका हुन् ।

स्रोतका अनुसार तत्कालिन प्रधानसेनापति राणाको पालामा तीन ओटा व्यापारिक फर्मलाई टेन्डरमा जुधाउँदै खरिद सम्झौता गरिएको थियो । त्यसबेला बुद्ध पिंया एण्ड हनुमान सम्लायर्सले १३ रुपयाँ ९६ पैसाका दरले प्रतिप्याकेट विस्कुट दिने बोलपत्र पेश गरेको थियो , यस्तै नेबिकोले १४ रुपयाँ र एसियन फुडले मार्क सप्लायर्समार्फत १३ रुपयाँ ९९ पैसा प्रतिप्याकेडमा विस्कुट दिने बोलपत्र पेश गरेको थियो । तीमध्ये थोरै पैसा कबुलेको आधारमा बुद्ध पिंयालाई सप्लाईको जिम्मा दिइएको थियो । तर, क्षत्री प्रधानसेनापति भएसँगै करोडौं रुपयाँ सेनालाई हानी पुग्ने निश्कर्षका साथ अहिले सिधै खरिद गर्ने निर्णय गरिएको हो ।

यसो त यसअघि पनि नेपाली सेनाले छत्रमान सिंह गुरुङ प्रधानसेनापति हुँदा पनि सिधै विस्कुट खरिद गर्ने निर्णय भएको थियो । तर, त्यतिबेला पनि व्यापारिक फर्महरुले अनेकन हत्कन्डा अपनाउँदै सो निर्णय कार्यान्वयनमा बाधा पुर्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप