मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस–एमाले नमिल्दा भुकम्प पीडितलाई दुःख दिने काम भयोः एमाओवादी

बिहीबार, ०२ पुस २०७२, १४ : ३५
बिहीबार, ०२ पुस २०७२

काठमाडौं–एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले विगतमा एमाले र काग्रेस नमिल्दा भुकम्प पीडितलाई दुख दिने काम भएको आरोप लगाउँदै एमाओवादी कार्यकारी निर्देशक देखि कुनै पनि नियूक्तीमा अवरोध गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान संसोधन विद्येयक सहमतिमै आएको भन्दै यही कुरा पहिला भएको भए मधेसी दलहरु आन्दोलनमा जाने अवस्था नआएकोले यसमा प्रमुख दलले गंभिर गल्ती गरेको बताए । उनले भने,‘ मधेसीको सहमतिमा गरेको भए विरोध हुँदैन थियो । ठूला दलले बुद्धि नपुर्याउँद यो अवस्था आएको हो । अब मुलुकलाई निकास दिने नदिने विषय काग्रेसको हातमा छ ।’ मुलुकलाई निकास दिन नेपाली काग्रेस सरकारमा आए आफूहरु जस्तो सुकै त्याग गर्न तयार रहेको भन्दै ऋषि मन बोकेर मुलुकको निकासकोलागि एमाओवादीले सरकारलाई सहयोग गर्ने बताए । शर्माले नेपाली काग्रेसको आसन्न महाधिवेशनको कारण केही कुरा अड्काउने काम भईरहेको दावी गर्दै महाधिवेशनपछि अवस्था सहज बन्दै जाने विश्वास ब्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप