मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

राजेन्द्र महतोको अन्तरवार्ता बजाउँदा प्रेस काउन्सिलले सोध्यो न्यूज २४ टिभीसँग स्पष्टिकरण

बिहीबार, ०२ पुस २०७२, १५ : २०
बिहीबार, ०२ पुस २०७२

काठमाडौं– सामाजिक सद्भावमा खलल पुर्याउने खालको राजेन्द्र महतोको अन्तरवार्ता बजाएको भन्दै प्रेस काउन्सिल नेपालले न्यूज २४ टेलिभिजनसँग स्पष्टिकरण सोधेको छ । अन्तरवार्ता पत्रकार ऋषि धमलाले लिएका थिए ।

काउन्सिलले टेलिभिजनलाई प्रसारित सामाग्री सहित उपस्थित हुन निर्देशन गरेको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिकोे बैठकले कार्यक्रम उत्पादन तथा प्रसारणसँग सम्वन्धित पत्रकार, व्यवस्थापन प्रमुख र समाचार प्रमुखलाई ३ तीन दिनभित्र स्वयम् उपस्थित हुन निर्देशन गरेको हो ।

काउन्सिलले उक्त टिभीबाट मंसिर २७ गते बेलुका ९ः०५ बजे उज्यालो कार्यक्रममार्फत प्रसारित सामाग्रीले सामाजिक सद्भाव,जातजाती बीचको सुसम्वन्धमा खलल् पु¥याएको र पत्रकार आचारसंहिता–०६०(संसोधित तथा परिमार्जित–०६४) विपरीत सामाग्री प्रसारण भएको ठहर गरेको छ ।

साथै वैठकले नियमित र प्रभावकारी अनुगमन गर्न के कसरी अगाडि बढ्न सकिन्छ भन्ने सम्वन्धमा पत्रकारिता क्षेत्रका विशेषज्ञहरुसंग यही पुस १२ गते अन्तक्रिया गर्ने निर्णय गरेको छ ।

यस्तो थियो अन्तरबार्ता 

https://www.youtube.com/watch?v=3IptgqAczO4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप