४५ करोडको औषधि रक्सौलमा अलपत्र
वीरगञ्ज–मधेश केन्द्रित दलको अनिश्चितकालिन मधेश बन्द र नाकाबन्दी कारण वीरगन्ज–रक्सौल नाकामा ४५ करोड रुपैया मुल्य बराबरको औषधी थन्किएको छ । नेपालकालागि भारतको विभिन्न सहरबाट आयात गरिएको जीवनरक्षक औषधी प्रयाप्त ढुवानी साधनको आभावमा चार महिनादेखि ७० ट्रक औषधी छिमेकी राष्ट्र भारतको रक्सौल भन्दा ८ किलोमिटर टाडा लक्ष्मीपुरमा अलपत्र परेको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी गठबन्धनले गर्दै आएको बन्द हडताल र नाकाबन्दीको कारण नेपालका लागि आयात गरिएको औषधी भित्र्याउन नपाएपछि हाल सम्म एक करोड २५ लाख रुपैया विलम्ब शुल्क बापत आयातकर्ताले तिरि सकेको नेपाल औषधी व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष प्रकाश खण्डेलवाले जानकारी दिए ।
भारतको पटना, मुम्बई, लखनउ, मद्रास, तमिल्नाडु, जम्बु लगायतका स्थानबाट नोपलका लागि आयात हुने ८० प्रतिशत औषधी वीरगन्ज नाका बाटै भित्रीने गरेको उपाध्यक्ष खण्डेलवाले बताए । रक्सौल सम्म आई पुगेका जिवन रक्षक औषधी रिरुटिङ्ग गरी भैरहवा र विराटनगरबाट नेपाल भित्र्याउदा प्रति ट्रक एक लाख २५ हजार रुपैया अतिरिक्त भाडा तिर्नु परेको उपाध्यक्ष खण्डेलवालले बताए । उनले प्रति ट्रक ढुवानीका लागि १५ हजार रुपैयाँ भाडा तिर्दै आएका व्यपारीले नाका परिर्वतन गर्दा एक लाख दश हजार रुपैया भन्दा बढी भाडा तिर्नु परेको जानकारी दिए । भारतको जोगवनी र सुनौली नाकामा भारत सरकारको जनशक्ति अत्यन्त कम भएकाले रिरुटिङ्ग गरिएका औषधीको ट्रक नेपाल भित्र्याउनमा समते अत्याधिक समस्या खेप्नु परेको आयात कर्ताहरुले बताएका छन् । रक्सौल नाकाबाट रिरुटिङ्ग गरिएको औषधी बोकेका ट्रक मध्य दुई दर्जन भन्दा बढी ट्रक अहिले पनि भारतीय सिमाक्षेत्रमै अलपत्र परेको आयतकर्ता खण्डेलवालले प्रस्ट पारे । भारत तर्फ थन्किएका अतिआवस्कीय बस्तुलाई रिरुटिङ्ग गरी चाँडो भन्दा चाँडो नेपाल भित्र्याउने भारत सरकारले दावी गरेपनि भारतीय कस्टममा आवश्यक जनशक्ति नराखेको कारण महिनौ सम्म लाममै बस्नु पर्ने अवस्था रहेको आयातकर्ताहरुले गुनासो गरेको छ । आयात कर्ताका अनुसार औषधी बोकेको ट्रक सहजरुपमा नेपाल भित्र्याउन ढुवानी कर्ताले भारतीय तथा नेपाल सुरक्षाकर्मीलाई प्रती ट्रक १५ हजार देखी २० हजार सम्म रकम बुझाउनै पर्ने अवस्था रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण