बेहुला–बेहुली रिक्सामा, जन्ती साइकलमा सरर
बिहीबार, ०२ पुस २०७२, १६ : ३४
काठमाडौं–पुसको पहिलो दिन बिहानै कालीमाटी चोकमा बेहुलोसहित जन्ती देखिए । मंसिर सकिएको भोलिपल्ट जन्ती देखेर स्थानीयवासी अचम्ममा परे ।
त्यतिमात्रै होइन, उनीहरू सबै साइकलमा थिए । बेहुलाचाहिँ सजाइएको रिक्सामा थिए । छक्क पर्दै स्थानीयहरूले त्यो दृश्य मोबाइलमा कैद गरे ।
बेहुला थिए, शैलेन्द्र डंगोल । उनी रिक्सामा बसेर साइकलवाला जन्तीसहित बेहुली लिन खुसिंबुस्थित नेवाः ब्याङ्केट पुगे । रिक्सामै बेहुली सुमिरालाई लिएर फर्किएपछि उनको जोडी फेसबुक र टिवट्रका छाएको छ ।
डंगोल साइकल अभियन्ता हुन् । साइकल सिटी नेटवर्कमा उपाध्यक्ष छन् । उनकी जीवनसाथी सुमिरा पनि साइकल प्रयोगको अभियानमै छिन् । जीवनमा हमेशा फरक काम गर्न रूचाउने शैलेन्द्रले सुमिरासँग सल्लाहमै साइकल यात्राका साथ विवाह गर्ने योजना बुनेका थिए । उनीहरूले घरपरिवारलाई पनि आफ्नो योजनामा मनाए । साथीहरू पनि साइकल चढ्ने भएकाले जन्तीलाई मनाउन आपत्ति भएन । तैपनि साइकलमा जन्ती हिँडेको आश्चर्य मान्ने मान्छेको भने कमी थिएन । शैलेन्द्रको जन्ती गएका दिवसलाल प्रधान भन्छन्, ‘बिहान जन्ती जान ठिक्क परेको थिएँ । छिमेकी काकाले भन्नुभयो– साइकलमा पनि जन्ती जान्छन् ? के बिजोग गर्न लागेको ? बसमा जाऊ ।’ तर बेलुका तिनै काकाले फेसबुकमा फोटो हालेको देखेर प्रधान दंग परे ।
नाकाबन्दीका कारण साइकलमा जन्ती हिँडेका होलान् भन्ने पनि भेटिएको बताउँदै शैलेन्द्र भन्छन्, ‘तर नाकाबन्दी नभएको पनि यसरी नै विवाह गर्ने सोच थियो । नाकाबन्दीको बेला भएकाले धेरैको ध्यानाकर्षण भयो ।’
उनले आफ्नो उद्देश्य सहरमा साइकल प्रयोगलाई प्रोत्साहन गर्नु रहेको बताए । ‘हुन त साइकल प्रयोगको कुरा युगसापेक्षजस्ता नलाग्न सक्छ, तर वातावरण संरक्षण र इन्धन कम खपतको यो उपयुक्त विकल्प हो,’ उनले भने ।
उनले विवाहमा साइकल त प्रयोग गरे नै, जुत्तादेखि खानासम्म नेपाली प्रयोग गरेर देशप्रेम अभिव्यक्त गरे । त्यस्तै मौलिक धिमे बाजा प्रयोग गरे । उनले साइकलमा जन्ती जानेलाई शैलेन्द«ले ट्रयाक सुटको व्यवस्था गरिदिएका थिए । आफ्नो विवाह सबैको लागि यादगार बनाउन सकेकोमा उनी खुशी देखिन्थे ।
Photo Credit: Ganga Sagar Rai and kathmandu cycle city
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण