मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

नायिका अनु शाहसँग जाडो संवादः जब मलाई चिसोले बेहोस् बनायो...

बिहीबार, ०२ पुस २०७२, १७ : ०६
बिहीबार, ०२ पुस २०७२

उफ्, यो जाडो मौसम त मलाई फिटिक्कै मन पर्दैन । जाडो र मेरो शरीर विपरित होकि झैं लाग्छ । गर्मी महिनामा म ठिकठाक हुन्छु । जब जाडो लाग्छ नि, अनेक स्वास्थ्य समस्याले घेर्छन् । अलिकति चिसो बढ्नासाथ रूघाखोकीले सताउँछ । जाडोमा भोक पनि धेरै लाग्छ । अलि–अलि गर्दा पनि धेरै खाइन्छ, मोटाइन्छ । फिगर मेन्टेन गर्न नै गाह्रो हुन्छ । यो जाडोमा चाहिँ मेरो सुटिङ छैन । त्यसैले त्यस्तो धेरै कामको तनाव त छैन । जाडोमा विहानको निद्रा खुब मीठो लाग्छ, ८ बजेसम्म सुतिरहन्छु । जाडोमा ‘इक्सरसाइज’ गर्न पनि गाह्रो लाग्छ । बाहिर कतै जानु छैन भने दिनभरि घरमा सिरक ओढेर बसिरहन्छु । जाडोमा स्कुटी त हाँंक्नै हुन्न, ओछ्यान नै पर्छु । त्यसैले जाडोभर मेरो स्कुटीले फुर्सद पाउँछ । त्यति हुँदा–हुँदै पनि हाम्रो पेशाका कारण जाडोमा पनि आफूलाई ‘मेन्टेन’ त गर्नैपर्छ । जाडोमा म घ्यू बढी खान्छु । मेरो छाला सुख्खा छ, चिसोमा अझ बढी सुख्खा हुन्छ । घ्यू खाँदा छाला नरम र चिल्लो हुन्छ । छालाको सौन्दर्य बचाइराख्न मोस्चराइजर क्रिम प्रयोग गर्छु । ओलेको लोसन मलाई ‘सुट’ गर्छ । जाडोमा सुप धेरै खान्छु, तरकारी र चाउचाउको झोलले पनि खान्छु । यसले शरीरलाई न्यानो त पार्छ नै, छाला कक्रिनबाट पनि बचाउँछ । दूध चियाको त म फ्यान नै हुँ । दिनमा कम्ति ६ कप चिया खान्छु । पानीको कमीले पनि छाला कक्रिने भएकाले मन–तातो पानी खाइरहन्छु । मलाइ मोटो देखिन मनै पर्दैन । जाडोमा बढी लुगा लगाइन्छ, शरीर भद्दा देखिन्छ । कम मोटो देखिन ज्याकेट लगाउँदिन, बरू ‘लङ स्वेटर’ लगाउँछु या बाक्लो आउटर । यस्तो ड्रेसअपले फिगर स्लिम र फिट देखाउँछ । कम कपडा लगाउँदैमा फेसनेबल देखिन्छ भन्ने विश्वास गर्दिनँ । त्यसैले बुट, टोपी र मफलर लगाएर पुरै शरीर ढाकेरै हिँड्छु । जाडो नफाप्ने भएका कारण कति पटक त मैले सुटिङ नै रद्द गरेकी छु । एकपटक ‘आधी बाटो’ को सुटिङका जोमसोम पुगेका थियौं । चिसो निकै थियो । हिउँ पनि पर्दै थियो । मलाई निकै गाह्रो भएको थियो तर काम पहिलो प्राथमिकता हो भनेर जवरजस्ति काम गरें । तर चिसोले म बेहोश नै भएँ । धेरै समयको पर्खाइपछि मात्रै सुटिङ गर्न सकियो । त्यो घटनापछि म हिउँ पर्ने ठाउँतिर गएकी छैन । डर लाग्छ, फेरि पनि जानुपर्यो निके सोच्छु ।

प्रस्तुतिः फातिमा बानू

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप