शिक्षकको पिटाईवाट विद्यार्थीको हातको औंला भाँचियो
पोखरा –लेखनाथको गोगन उच्चमाविमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी सुनिल केसीको शिक्षकको कुटाईवाट विहीवार देव्रे हातको कान्छी औँला भाँचिएको छ । विज्ञान शिक्षक निकेश गुरुङले कक्षामा पढाईरहेको वेला हल्ला गरेको भन्दै लेखनाथ १३ घर भएका विद्यार्थी सुनिल केसीलाई पाईपको डण्डाले पिट्दा उनको हातको कान्छी औंला भाँचिएको हो । शिक्षक गुरुङले उनलाई कक्षमा पाईपको लौराले १० सोठा भन्दा वढी हानेको स्थानीयवासीले जानकारी दिएका छन् । हात भाँचिएका विद्यार्थी सुनिलको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि पोखराको न्यूरोड स्थित पद्यम नर्सिङ होममा भर्ना गरिएको घाईतेकी आमा पूजा केसीले वताईन् । पढाउन पठाएको छोरालाई उल्टै शिक्षकले कुटेर वेहोसै पारेछन् आमा पूजा केसीले पद्यमनर्सिंङ होमको वेडवाट भनिन् । हात भाँचिएका विद्यार्थीलाई उपचारको लागि सोही विद्यालयका शिक्षकहरुले पोखरा ल्याएको वुझिएको छ । शिक्षकले कक्षामा पढाउने वेलामा कुटदा हातको कान्छी औंला भाँचिएको रहेछ सुनिलकी आमा पूजा कसीले भनिन् । कक्षा शिक्षकको वदमासी वारे विद्यालयका प्रधानाध्यापक डम्वरप्रसाद पौडेलले पहिला सामन्य घटना भन्दै टार्न खोजेपनि पछि घटनाको पुष्टि गरेका छन् । कक्षामा नै भएका वेला किन हानेको भन्ने वारे आफूले केही नवुझेको र विद्यार्थीलाई अस्पताल लैजान नै हतार भएकोले थप कुरा वुझ्न नपाएको विद्यालयका प्रधानाध्यापक पौडेलले वताएका छन् । आजको २१ औं शताव्दीमा वालमैत्री शिक्षाको नारा सरकारले जहाँ सुकै प्रचार गरेको भएपनि कास्कीको लेखनाथ स्थित गोगन उच्चमाविमा शिक्षकवाट यस्ता यातनाका घटनाहरु सार्वजनिक भईरहेका छन् । वाल मैत्री लौरी विनाको शिक्षा आजको आवस्यकता भनिएपनि गोगन उच्चमाविमा केही समय अगाडि पनि एक विद्यार्थीले शिक्षकको अपमान सहन नसकेर आफ्नै घरमा पुगेर आत्महत्या गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण