मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मधेशी मोर्चाद्धारा फेरि बन्द आह्वान

बिहीबार, ०२ पुस २०७२, १७ : १४
बिहीबार, ०२ पुस २०७२

भैरहवा–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पुस ३ गते देखी फेरी अनिश्चितकालीन बन्दको आव्हान गरेको छ । केही दिन रुपन्देहीका ग्रामीण क्षेत्र खुल्ला गरेको मोर्चाले शुक्रबार देखी आक्रमक एवम शशक्त रुपमा जाने बताएको छ । धकधईमा भएको एक कार्यक्रममा मोर्चाका संयोजक महेन्द्र यादवले अबको आन्दोलन शशक्त रुपमा बनाउने बताए । रुपन्देहीमा मोर्चा धेरै नरम भएर गएको र मोर्चाको यो नर्मीलाई कालोबजारी गर्नेहरुले कमजोरी ठानेकोले नवलपरासी लगायत अन्य स्थानमा तेल कारोबारीलाई गरिएको कार्यवाही यहा पनि गर्न बाध्य भएको उनले चेतावनी दिए । मोर्चाका नेताहरु सीमामा शान्तीपूर्ण रुपमा धर्ना दिन जादा प्रहरीले हिरासतमा लिएको बताउदै उनले यसको पनि शशक्त प्रतिरोध गरिने बताए । अबको आन्दोलन निर्णायक र अन्तिम धक्का दिने खालको हुनाले रुपन्देहीको शहरी क्षेत्रमा आन्दोलन केन्द्रित गर्ने मोर्चाको भनाई छ । मोर्चाका घटक सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओम प्रकाश यादव (गुल्जारी) ले संसोधन संसोधन गरि लिपिवद्ध नगरे सम्म आन्दोलन नरोकिने बताए । मोर्चाका संयोजक महेन्द्र यादवले अहिले सम्म मोर्चाले “भनेको कुराहरु अब गरेर देखाउने” चेतावनी दिए । सै गरि मोर्चाका अर्का सदस्य सरोज कुमार पाण्डेले रुपन्देहीका प्रजिअ दमनमा उत्रिएको आरोप लगाए । उनले निषेद्याज्ञाको नाममा सिडिओले मधेशीलाई मात्र चेकजाच तथा अन्य तरिकाले दमन गरेको आरोप लगाए । मोर्चाको कार्यक्रममा तमलोपाका अजय वर्मा, तमसपाका श्रीनिवास यादव, क्षेत्र नं. १ का ईन्चार्ज बिद्या यादव, प्रदीप कुमार पाण्डे, देवेन्द्र पाण्डे लगायतका नेताहरुको उपस्थिति रहेको थियो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले केही दिनको लागी बन्द खुलाएको भए पनि संघिय समावेशी मधेशी गठबन्धनले रुपन्देही बन्द यथावत रहेको प्रेस बिज्ञप्ती जारी गरेको थियो । बन्दकै क्रममा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले फेरी बन्द आव्हान गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप