मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल एसबिआई बैंकले २७ प्रतिशतका दरले वोनश शेयर र १.४२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने

बिहीबार, ०२ पुस २०७२, १७ : २७
बिहीबार, ०२ पुस २०७२

काठमाडौं–नेपाल एसबिआई बैंक लि. को बिहिबार बसेको संचालक समितिको बैठकले बैंकको आ.व. २०७१÷७२ को नाफा–नोक्सान बाँडफाँड हिसाब लगायतका वार्षिक आर्थिक विवरण स्वीकृत गरेको छ । संचालक समितिबाट स्वीकृत वित्तीय विवरण अनुसार बैंकले आ.व. २०७१÷७२ मा संभावित नोक्सानी व्यवस्था अघि रु. १,७४,६९,७३,७८० संचालन मुनाफा र रु.१,०६,५४,३६,१४१ खुद मुनाफा हासिल गरेको छ । बैंकले हासिल गरेको खुद मुनाफा गत वर्षको तुलनामा १५.४३ प्रतिशतले बढी छ । संचालकसमितिको उक्त बैठकले शेयरधनीहरुलाई गत वर्षको मुनाफा तथा विगत वर्षहरुमा आर्जित मुनाफाबाट २७ प्रतिशतका दरले वोनश शेयर र १.४२ प्रतिशतका दरले नगद लाभांश(कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव समेत आगामी २२औँ वार्षिक साधारणसभामा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको छ । साथै संचालक समितिको उक्त बैठकले अधिकतम २,६०,००,००,००० सम्म हकप्रद शेयर निष्काशन गर्ने र (क) अन्तिम लेखापरीक्षणबाट कायम हुन आउने प्रति शेयर नेटवर्थको सीमा भित्र रही हकप्रद शेयरको प्रिमियम निर्धारण गर्न तथा (ख) हकप्रद शेयर निष्काशन गर्दाका बखत विद्यमान रणनीतिक पक्षहरु एवं उपलब्ध व्यवशायिक अवसर समेतलाई दृष्टिगत गरी हकप्रद शेयरको रुपमा निष्काशन हुने शेयरको खास अनुपात, जारी हुने रकम र निष्काशनको चरण किटान गर्न संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्न आगामी साधारण सभामा विशेष प्रस्ताव पेश गर्ने समेत निर्णय गरेको बैंकले जनाएको छ । एसबिआई बैंक लिमिटेड नेपाल र भारतको संयुक्त लगानीमा भारतीय स्टेट बैंक तथा कर्मचारी संचय कोषको प्रवद्र्धनमा स्थापित बैंक हो । बैंकले हाल ६६ वटा व्यवशायिक इकाई (३ वटा क्षेत्रीय कार्यालय सहित) र ६७७ जना कर्मचारी मार्फत सेवा प्रदान गर्दै आएको छ । हाल देशका विभिन्न स्थानमा बैंकका ७८ वटा एटिएम रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप