गुगलको खोजीमा सलमान र मोदीलाई पछि पार्दै सन्नी अग्रस्थानमा
मुम्बाई – विश्वकै सबैभन्दा चर्चित सर्च इन्जिन गुगले सन् २०१५ मा सर्वाधिक खोजी गरिएको सूचि सार्वजनिक गरेको छ । यस सूचिमा पोर्न स्टारबाट बलिउड नायिका बनेकी सन्नी लियोनी भारतमा सबैभन्दा खोजी गरिएकी सेलिब्रिटी बनेकी छिन् । यसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दशौं स्थानमा रहेका छन् । सन् २०१५ मा सन्नीको दुईवटा चलचित्र रिलिज भएको थियो । अश्लिलता फैलाएको आरोपमा उनको विरुद्धमा एफआइआर दर्ज भएपछि उनी पुनः चर्चाको विषय बनेकी थिइन् । उनको चलचित्र मस्तिजादेलाई सेन्सरबोर्डले अड्काएपछि यसमा पनि कन्ट्रोभर्सी देखियो । त्यस्तै सेप्टेम्बरमा भारतीय कम्युनिष्ट पार्टीका नेता अतुल कुमार अन्जानले सन्नीको कन्डोमको विज्ञापन बन्द गर्नुपर्ने माग गरेका थिए । हालै मात्र उनको आइटम नम्बर सुपर गर्ल फ्रम चाइना हिट भएको छ । यस सूचिमा सलमान खान दोस्रो स्थानमा रहेका छन् । उनी वर्षभरि हिट एण्ड रन केसका कारण चर्चामा रहे भने उनको दुई चलचित्र बजरंगी भाइजान र प्रेम रतन धन पायोले पनि राम्रो कमाई गरेको थियो । उनी बिगबोसका होस्ट समेत हुन् । तेस्रो स्थानमा एपीजे अब्दुल कलाम रहे भने चौंथो स्थानमा कटरिना कैफ रहन सफल भइन् । दीपिका पाडुकोन, शाहरुख, यो यो हनी सिंह र काजल अग्रवाल क्रमशः पाँचौंदेखि आठौं स्थानमा रहेका छन् । नवौं स्थानमा आलिया भट्ट छिन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दशौं स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण