चौतारामा बस दुर्घटनामा ३४ घाइते, १२ को अवस्था चिन्ताजनक
बिहीबार, ०२ पुस २०७२, १९ : २५
चौतारा - चौताराबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा२ख ४८१५ नंको यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । बाह्र जनाको अवस्था चिन्ताजनक रहेको छ ।
घाइते सबैलाई चौतारा अस्पताल तथा काभ्रेको धुलिखेल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले बताए ।
सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट आज अपराह्न ४ बजे छुटेको उक्त बस साँगाचोक गाविसको जनजागृति उमावि नजिकको घुम्तीमा ४।४५ बजे दुर्घटना भएको थियो ।
घटनास्थलमा उद्धारकार्य सकिएको र अन्य यात्रुलाई अर्को बसमार्फत बाह्रबिसे पठाउने पहल भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।
बसमा भित्र र छतमा समेत करिब ७० जना यात्रु रहेको र ओरालोतर्फ जाँदै गरेको सो बस तीव्रगति र क्षमताभन्दा बढी यात्रु भएकाले सडकमै पल्टिएको प्रहरीले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण