इन्धन आयातको सम्झौता गर्न उच्चस्तरीय प्रतिनिधिमण्डल पुस ८ गते चीन जाँदै
काठमाडौँ - चीन सरकारसँग इन्धन आयातलगायत अन्य व्यापारिक सम्झौता गर्न सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल यही पुस ८ गते त्यसतर्फ जान लागेको छ । भारतको अघोषित नाकाबन्दीपछि इन्धन आयात गर्ने विषयमा सरकारका विभिन्न निकायले चीनसँग औपचारिक तथा अनौपचारिक रुपमा जारी राखेको छलफललाई निष्कर्षमा पु¥याउने उद्देश्यका साथ उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा प्रतिनिधिमण्डल त्यसतर्फ जान लागेको हो । हाल बेलायत भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री थापा यही पुस ६ गते स्वदेश फर्किएलगत्तै चीन भ्रमणमा जाने हुने छ । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले केही समय पहिले गर्नुभएको चीनको अनौपचारिक भ्रमण र नेपाल आयल निगमका उच्च अधिकारीको भ्रमणपछि उच्चस्तरीय भ्रमणको तयारी गरिएको हो । चीनको सरकारी कम्पनी पेट्रो चाइनासँग व्यापारिक रुपमा इन्धन खरिद गर्ने विषयमा प्रारम्भिक सहमति भए पनि व्यापारिक सहमति भने हुन सकेको थिएन । निगमको प्राविधिक टोलीले पेट्रो चाइनाका उच्च अधिकारीसँग यसअघि नै छलफल गरेको थियो भने वाणिज्य मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठी लगायतको अर्को प्रतिनिधिमण्डल इन्धन आयातलगायत विषयमा द्विपक्षीय कुराकानी गर्न हाल चीनमै रहेको छ । प्रतिनिधिमण्डलमा वाणिज्य तथा आपूर्ति, अर्थ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उच्च अधिकारी पनि सहभागी रहने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार उपप्रधानमन्त्री बेलायत भ्रमणबाट फर्किएलगत्तै चीन भ्रमणमा जाने तयारी गरिएको छ । परराष्ट्र मन्त्रालयले सो सम्बन्धमा आवश्यक तयारी गरिरहेको छ । चीन भ्रमणका क्रममा इन्धन आयात लगायत अन्य व्यापारिक सम्झौता हुने बताइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण