संविधान संशोधनका लागि विशेष समिति बनाउन कांग्रेसको प्रस्ताव
बिहीबार, ०२ पुस २०७२, १९ : ३५
काठमाडौँ - प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले व्यवस्थापिका–संसद्मा प्रस्तुत भएको संविधानन संशोधनको प्रस्तावलाई अघि बढाउन विशेष समिति बनाउन सकिने बताएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा आज बसेको काँग्रेस संसदीय दलको बैठकले संविधान संशोधनको प्रस्तावलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल गरेको छ । बैठकमा संशोधन प्रस्तावमा चित्त नबुझेका सांसदले थप संशोधन गर्न सक्ने बारेमा छलफल गरिएको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताए । “ व्यापक छलफल गरी संशोधनलाई सुधार गर्न संसद् नियमावलीको दफा ८४ अनुसार विशेष समिति बनाउन सकिन्छ”– श्रेष्ठले भने ।
विशेष समितिमा केही समय छलफल गरेर सबैको सहमतिका साथ संसद्को पूर्ण बैठकमा पेस गरी दुई तिहाइ बहुमतका आधारमा पारित गरिने उनले बताए । काँग्रेसले संविधानको दुई विषयमा प्रस्तुत सो संशोधन प्रस्ताव संसद्को निमयावली बमोजिम अघि बढाउन सबै दलसँगको छलफलका आधारमा अघि बढाइने बताएको छ ।
उक्त संशोधनको प्रस्तावलाई अपुरो भन्दै अवरुद्ध गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अवरोध भए पनि कसरी संशोधनको प्रस्ताव अघि बढ्छ भन्ने जिज्ञासामा श्रेष्ठले भने– “मधेसी मोर्चाले संशोधन प्रस्ताव अपुरो भनेको के हो, सो बारेमा हामी स्पष्ट पार्न आग्रह गर्छाँँै ।”
संविधान संशोधन मार्फत समस्या हल गर्नुपर्ने माग गर्दै आएको मोर्चाले संशोधनको प्रस्ताव अधुरो छ भन्नु दुराशयुक्त मनसाय रहेको उनको धारणा थियो । मधेसी मोर्चा सहमतिमा आए अरु विषयमा छलफल गरेर छुट्टै ढङ्गले संविधान संशोधनको प्रस्ताव पनि राख्न सकिनेमा जोड दिँदै उहाँले सीमाङ्कनमा नमिलेको विषयलाई सङ्घीय आयोग मार्फत मिलाउन सकिने बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण