साझाले महानगरलाई दियो २ लाख कित्ता शेयर
काठमाडौं –साझा यातायात सहकारी संस्थाले काठमाडौं महानगरपालिकालाई प्रति कित्ता १०० रुपैयाँका दरले २ करोड रुपैयाँ बराबर हुन आउने २ लाख कित्ता शेयर प्रमाण पत्र प्रदान गरेको छ । शुक्रबार संस्थाका कायममुकायम कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले महानगरमा पुगेर प्रमुख तथा कार्यकारी अधिकृत तामाङ्गलाई प्रमाण पत्र प्रदान गरेका हुन् ।
शेयर प्रमाणपत्र बुझ्दै महानगरका प्रमुख तथा कार्यकारी अधिकृतले तामाङ्गले दिगो सहरी वातायात सेवाकालागि साझा यातायातसँगको सहकार्यले सहरबासीलाई सहज हुने आशा व्यक्त गरे ।
सहरी यातायात सेवा सञ्चालनकालागि भएको सम्झौता बमोजिम महानगरले पहिलो चरणमा २ करोड रुपैयाँ उपलब्ध गराएको जनाउँदै प्रमुख तथा कार्यकारी अधिकृत तामाङ्गलेविद्युतीय यातायात सञ्चालनकालागि काम थालनी भएको जनाकारी दिए ।
प्रमाणपत्र प्रदान गरेपछि सहकारी संस्थाका कायममुकाय कार्यकारी अधिकृत पाण्डेले बस खरिदकालागि ग्लोवल टेण्डर भइसकेको जनाउँदै बाँकी ८ करोड रुपैयाँ प्राप्त गरेपछि महानगरलाई १० लाख कित्ता शेयर दिइने र यातायात सञ्चालनलाई दिगो बनाउन काम गरिने जानकारी दिए ।
महानगर र साझाको सहरी यातायात सञ्चालन सम्बन्धी सम्झौतामा सम्झौतापछि महानगरले २ करोड रुपैयाँ उपलब्ध गराउने, त्यसपछि साझाले बस खरिदकालागि साझाले काम थालनी गर्ने, बस खरिद प्रक्रिया अघि बढेपछि बाँकी ८ करोड रुपैयाँ साझालाई उपलब्ध गराउने उल्लेख छ । यसरी उपलब्ध गराइएको रकम बराबरको शेयर साझाले महानगरलाई उपलब्ध गराउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण