मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

प्रभु मनि ट्रान्स्फर र सनराइज बैंकवीच रेमिटेन्स सम्झौता सम्पन्न

शुक्रबार, ०३ पुस २०७२, १३ : ५७
शुक्रबार, ०३ पुस २०७२

काठमाडौं– नेपालको अग्रणि रेमिटेन्स कम्पनी प्रभु मनि ट्रान्स्फर प्रा लि र सनराइज बैंक बीच रेमिटेन्स सम्झौता बैकंको प्रधान कार्यालय गैरिधारमा सम्पन्न भएको छ । संझौतामा प्रभु मनि ट्रान्स्फरका तर्फ वाट कंपनीका नायव महाप्रवन्धक रामेश्वर सापकोटा र सनराइज बैंकको तर्फवाट सहायक महाप्रवन्धक रविन नेपालले हस्ताक्षर गरे । सनराइज बैककोे ५३ वटा शाखा र १ वटा एक्स्टेन्सन काउन्टर तथा ६४ वटा एटिएमहरु रहेका छन । संझौता सँगै सनराइज बैकंको सवै काउन्टरहरुवाट प्रभु मनि ट्रान्स्फरको ग्राहकहरुले सेवा प्राप्त गर्न सक्नेछन् भने प्रभु मनि ट्रान्स्फरका कुनै पनि एजेन्टहरु मार्फत बैकंमा रहेका खातामा सिधै रकम जम्मा गर्न सकिने छ यसवाट दुवै पक्षका ग्राहकहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् । सनराईज बैकं समेत गरी २३ वटा क वर्गका बैकंहरु मार्फत प्रभु मनि ट्रान्स्फरले सेवा विस्तार गरेको छ भने आगामि दिनहरुमा बैंकहरु मर्फत गरीने कारोवारलाई अझ प्रथमिकता दिदै नेपारभर रहेका हरेक वर्गका बैकं तथा वित्तिय सस्थाहरु मार्फत कम्पनीको सेवा विस्तार गर्दै जाने प्रभु मनि ट्रान्स्फरका डिजिएम सापकोटाको भनाई रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप