मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सरकारसँग काठमाडौंमा वार्ता नगर्ने मधेसी मोर्चाको घोषणा

शुक्रबार, ०३ पुस २०७२, १४ : ५४
शुक्रबार, ०३ पुस २०७२

काठमाडौं– आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताको औचित्य नभएको भन्दै अब काठमाडौंमा सरकारसँग वार्तामा नबस्ने घोषणा गरेको छ ।

आज राजधानीको विजुलीबजारस्थित तमलोपाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मोर्चाले यस्तो घोषणा गरेको हो । ‘सरकारले वार्ता चाहेकै छैन, पटक पटक वार्तामा बोलाएर सरकारले समय मात्रै खेर फाल्ने काम गरेको छ’, पत्रकार सम्मेलनमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले भने, ‘अब काठमाडौंमा वार्ता हुन सक्दैन, सरकार साँचै वार्ता गर्न चाहन्छ भने अबको वार्ता मधेसमा मात्रै हुन्छ ।’ ठाकुरले वार्ताको नाममा कांग्रेस एमालेल र एमाओवादीले पटक पटक धोका दिने काम गरेको आरोप लगाउँदै संसदमा पेश भएको विधेयकबारे पनि आफूहरुको आपत्ती रहेको बताए । संसदमा पेश भएको विधेयक संशोधन गरेर मात्रै पेश गर्ने आफूहरुसँग सहमति भएको भएपनि अन्तिम समयमा आएर जबरजस्ती गर्ने काम भएको मोर्चाको भनाई छ । पत्रकार सम्मेलनमा मोर्चाले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताउँदै संसदको अवरोध पनि जारी रहने बतायो ।

मोर्चाले मधेसमा कुनै सरकारी कार्यक्रम हुन नदिने समेत जनाएको छ । यस्तै मोर्चाले जबरजस्ती कार्यक्रम गर्न खोजिए जनप्रतिरोध गर्नेसम्मको चेतावनी समेत दिएको छ । थप आन्दोलनको कार्यक्रम घोषणा यसैबीच मोर्चाले थप आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेको छ । घोषित कार्यक्रमअनुसार पुस ५ गते मधेसका सदरमुकामहरुमा संसदमा पेश भएको विधेयकहरु जलाउने, ९ गते जुलुस निकाल्ने , ११ गते सभा गर्ने र १५ गते लाठी प्रदर्शन गर्ने गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप