अख्तियारको छानबिनमा परेका पाण्डेले भने, एक पैसापनि अनियमितता गरेको छैन’
काठमाडौं– अकुत सम्पत्ती आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पत्र काटिएका राप्रपाका नेता तथा निर्माण व्यवसायी विक्रम पाण्डेले आफूले पारदर्शी ढंगले काम गरेको दाबी गर्दै बरु राज्यलाई फाइदा पुर्याएको बताएका छन् ।
उनले आफ्नो कन्ट्रक्सनले पारदर्शी ढंगले काम गर्दै आएको दाबी गर्दै हरेक वर्ष कम्पनीले कर तिरिरहेको समेत बताए ।
रातोपाटीमा बिहिबार 'अख्तियारले पत्र काटेका अनुहार– ८ः कालिका एफएममा नबजेको विक्रम पाण्डेको समाचार’ शीर्षकमा प्रकाशित समाचारबारे असन्तुष्टि जनाउँदै उनले अर्थ मन्त्रालयले भूकम्पपीडितको राहतका लागि विभिन्न अत्यावश्यक र राहत सामग्रीमा कर छुट दिने घोषणा गरेको भएपनि त्यसको दुरुपयोग नगरेको स्पष्ट पारेका छन् ।
पाण्डेले सरकारले कर छुट दिने घोषणा गरेसँगै कालिका कन्स्ट्रक्सनका लागि कर छुटमा डोजर र एक्साभेटर नेपाल नभित्र्याएको दाबी गर्दै रातोपाटीसँग भने, ‘ एक पैसा पनि कर छुट गरेर सामान ल्याएको छैन, अर्थमन्त्रालय र सम्बन्धित निकायलाई सोधेपनि हुन्छ ।’
उनले समाचारमा आफ्नो आमाको समेत नाम जोड्ने काम भएको भन्दै भने, ‘मेरो त लेखियो लेखियो, आमाको नाम समेत जोड्दा दुख लागेको छ ।’
उनले आफ्नो नाममा केहि नभएको बताउँदै सबै कम्पनीको नाममा रहेको दाबी गरे । उनले पत्रकाटिसकेपछि अख्तियारले सोधेको कुराको जवाफ दिनु आफ्नो दायित्व भएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण