पोखरामा शनिवार ३३ पम्पवाट डिजेल वितरण हुने
शुक्रबार, ०३ पुस २०७२, १७ : २७
पोखरा कास्कीको लेखनाथ र पोखरा क्षेत्रका ३३ वटा पम्पवाट शनिवार डिजेल वितरण गरिने भएको छ । जिल्ला आपूर्ति समिति कास्कीको शुक्रवार वसेको वैठकले सो निर्णय गरेको हो ।
लामो दुरीको ट्रक, वसको लागि रु. ६ हजार बराबरको, ग्रामिण रुटमा चल्ने बसको लागि रु ४ हजार वरावरको, मिनि वसको लागि ३ हजार ५ सय बराबरको, हायस बसको लागि रु. ३ हजार ५ सय वरावरको डिजेल वितरण हुनेछ ।
त्यसैगरी पोखरा नगरमा चल्ने नगरबस, वेगनास बसको लागि रु ३ हजार बराबरको, मिनि, मझौला र लोकल ट्रकहरुको लागि रु.३ हजार बराबरको, डीजेल वितरण हुनेछ ।
अन्य निजी डिजेल कार, जिपहरुको लागि रु. २ हजार ५ सय बराबरको, ठूलो ट्याक्टरहरु को लागि रु.२ हजार बराबरको, साना ट्याक्टरहरुको लागि रु.५ सय बराबरको, पर्यटन ठूला बसहरुको लागि रु.६ हजार बराबरको, पर्यटन साना सवारीहरुको लागि रु.२ हजार ५ सय बराबरको, खुद्रा माल ढुवानी गाडीहरुको लागि रु.२ हजार बराबरको डीजेल वितरण गरिने जिल्ला आपूर्ति समितिले शुक्रवार जारी गरेको सूचनामा जनाईएको छ ।
शनिवार वितरण हुने १ सय ३९ के.एल.डिजेल र ३ के.एल. पेट्रोल शुक्रवार साझ सम्ममा नेपाल आयल निगम, इन्धन डिपो, गगनगौडाले सम्बन्धीत पम्पहरुमा उपलब्ध गराउने जनाईएको छ । इन्धन वितरण शनिवार विहान ८ वजेदेखि वितरण गरिने जिल्ला आपूर्ति समिति कास्कीले जनाएको छ ।
इन्धन थाप्ने सवारी साधनवालाले व्लूबुक अनिवार्यरुपमा साथमा लिएर उपस्थित हुन आपूर्ति समितिले सवैमा सूचित समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण