सुदूरपश्चिममा ५.५ रेक्टर स्केलको भूकम्प: क्षतिबारे सूचना लिइदै
काठमाडौं – सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरालाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प आएपछि बाजुरा प्रहरीले सुरक्षा सर्तकता बढाएको छ ।
बिहान ४ः०० बजेर २ मिनेटमा बाजुराको जगन्नाथ र बादु आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प आएपछि जिल्ला प्रहरी कार्यालय बाजुराले क्षतिको विवरण लिन आफना इकाईलाई सक्रिय बनाएको छ ।
भूकम्पको झट्का महसुस हुनासाथ हामीले जिल्लाभर कहाँ, के कति क्षति भयो भनेर सुचना सङ्कलन गर्न व्यापक प्रहरी परिचालन गरिसकेका छौँ ।’ जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले भने – अहिलेसम्म कुनै पनि क्षेत्रमा कुनै किसिमको क्षति भएको देखिएको छैन ।”
निरीक्षक रोकायाले भन्नुभयो, “भौगोलिक विकटताले प्रहरी पुग्न पनि त्यहाँ एक दिन पैदल हिड्नुपर्ने स्थानमा सूचना लिने प्रयास हुँदैछ ।”
भूकम्पको धक्का सुदूर तथा मध्यपश्चिमका जिल्लामा महसुस गरिएको छ । यसअघि पनि सुदूरपश्चिमको दार्चुलालाई केन्द्रविन्दु बनाएर पटकपटक परकम्प आएका थिए । तर अहिलेसम्मका भूकम्पबाट सुदूरपश्चिममा कुनै क्षति भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण