मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भीषण आगलागी, एक्सरेलगायत करोडौंको सामग्री जलेर नष्ट

शनिबार, ०४ पुस २०७२, ०८ : ४८
शनिबार, ०४ पुस २०७२

काठमाडौं – जुम्लाको खलंगामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति १ बजे भीषण आगलागी भएको छ । अप्रेसन थिएटरबाट सुरु भएको आगालागी राति अबेर नियन्त्रणमा आएको छ । अस्पालमा आगलागी भए पनि कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट अस्पतालको अंतरंग भवन पूरै जलेर नष्ट भएको छ । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले अस्पतालको अप्रेसन थिएटरबाट आगलागी भएको र सबै सुरक्षा निकायको सक्रियतामा आगलागी नियन्त्रणमा आएको जानकारी दिए । प्रजिअ पौडेलले आगलागीबाट एक्सरेलगायत अस्पतालका महत्त्वपूर्ण उपकरण जलेर नष्ट भएको जानकारी दिए । ‘राति १ बजे अस्पतालको अप्रेशन थिएटरबाट आगलागी भएको सूचना पाएपछि सबै सुरक्षा निकायको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ,’ जुम्लाका प्रजिअ पौडेलले रातोपाटीसँग भने, ‘आगलागीबाट अस्पतालका बहुमूल्य औजार जलेर नष्ट भएका छन् । अस्पालमा आगलागी भएपछि अस्पतालमा रहेका झन्डै दुई दर्जन बिरामीलाई खुला चौरमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप