पराजयसँगै युनाइटेडका प्रशिक्षक भान हालको भविष्य अन्यौलमा
म्यान्चेस्टर — म्यान्चेस्टर युनाइटेड आफ्नै घरेलु मैदानमा नर्विच सिटीसँग २—१ गोल अन्तरले पराजित बनेको छ । खेलपछि घरेलु समर्थकहरुले आफ्नै टोलीको विरोध गरेका थिए । पराजयसँग टिम प्रशिक्षक लुइस भान हालमाथि दबाब बढेको छ । खेलमा युनाइटेडले नियन्त्रण राखेपनि खेलको ३८ औं मिनेटमा क्यामरुन जेरोमले गोल गर्दै नर्विचलाई अग्रता दिलाए । खेलको दोस्रो हाफमा जेरोमले पुनः युनाइटेडका खेलाडीहरुलाई छलाउँदै एलेक्स टेटेका लागि गोलको अवसर सृजना गरिदिए । युनाइटेडका लागि ५ सयौं खेल खेलिरहेका वेयन रुनीले एन्थोनी मार्सियललाई गोलको अवसर सृजना गरेपनि हार भने टाल्न सकेनन् । सबै प्रतियोगितामा युनाइटेडको लगातार तेस्रो हार हो भने पछिल्ला ६ खेलमा युनाइटेडले कुनै पनि खेल जित्न सकेको छैन । यता, प्रिमियर लिगमा भर्खरै उक्लेको टोलीले युनाइटेडको घरेलु मैदानमा जीत निकालेको सन् २००१ पछि पहिलो पटक हो । खेलपछि प्रशिक्षक भान हालले आफू आफ्नो भविष्यप्रति चिन्तित रहेको बताए । उनले क्लबमा कति समय रहने भन्ने विषय आफ्नो हातमा नरहेको बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण